मेघराज अधिकारी । धेरै पटक टाढिएर नजिक भएको मान्छे हुँ । मलाइ टाढिन समय लाग्ला तर म छिनमै नजिक हुन सक्छु । बजारका अनेकथरि हल्ला चल्दा, धेरै नै टाढिन्छु लागेर निकै समय टाढिए । समयकै दौरानमा सगैँ अध्ययापन गराउने साथिहरुले निष्ठुरि नबन्नु सर भनेपछी लाग्यो म नै निष्ठुरि हो भने म सच्चिनु पर्छ ।
केही दिनमा नजिकिने निर्णय लिए। हप्ता दिनपछि साथिहरुकै आग्रहमा नजिक बने । बितेका समयमा जे जस्ता उतार चढाव आएपनि अबका दिनमा म उसको मन दुखाउदिन भन्ने नै थियो । सामाजिक सञ्जालमा हुने नियमित र अनियमित संवाद सगैँ असलै साथित्वको भुमिकामा म छु भन्ने सोचिरहे । पारिवारिक सगैँ व्यक्तिगत जीवन , अध्ययन र पेशाका विषयमा हुने साक्षत्कार हाम्रा संवादका विषय बने । समयले पुन सगैँ एउटै गन्तव्यको यात्रा गर्ने परिस्थितिको सिर्जना गर्यो । हाम्रो निर्णय पनि त्यहि बन्यो । मलाइ लागेको थियो उ सफल हुदा म पनि सफल हुन्छु । मैले मेरो स्वार्थ नै ठानेपनि हिड्दिन भनेको बाटोमा उसलाइ हिडाउन वाध्य बनाए अन्तिममा हिड्ने निर्णय भयो । पहिलो खुड्किला कटेपछि हामी त्यहि यात्रामा निरन्तर थियौ त्यो अध्ययनको सुरुङ थियो, केही सकस होला तर हामी सुरुङ पार गर्छौ भन्ने दृढता टुटेको थिएन र छैन पनि ।
बिस्तारै दैनिकि व्यतित हुदै गए, दिनहरु नजिक बन्दा म भने नजिकै बन्न पुगेको पक्का थियो । सम्वादका क्रममा म नियन्त्रित बन्न नसक्दा हाम्रो सम्बन्धमा चिसोपन देखिन थाल्यो । मैले पु:न अलिकति दुरि बढाउने निर्णय गरे । कारण थियो सम्बन्ध को डोरि नचुडोस् । लगभग आधा वर्ष नै मलाई साथिनै हुँ भन्ने पनि महशुष गराउन सकिन । म साथि होईन भन्ने परिस्थितिमा पुग्नु नै म बदलिनु पर्छ भन्नेको संकेत थियो । साथिहरुका जिस्काइ, नहुदा पनि टर्चर र हुदा पनि टर्चर आउन थालेपछि म पुन उहीँ सम्वन्धमा फर्किन लागे । उसलाइ भनेको थिए अब तिमी र म विचका बारे चलेका चर्चा हाम्रा चाहाना र इच्छा विपरितका हुन्, हामी सुरुङ पार गर्नुपर्ने मोडमा छौँ, यी र यस्ता हल्लाले मन नदुखाउनु । तिम्रो मनको डिसिजन अन्तिम हो र म असल साथि होइन साथि हुँ । हस् हस् का संवादले जोडिन पुगेको सम्बन्धमा पुन दरार आयो । म अल्लि बढि नजिक भए रे जुन साथिमा नहुन पर्थ्यो रे । मैले हो नजिक भएको भने । आवेग र उद्मादले घेरेपछि नभएको र नहुने कुरालाइ हो भनिने रहेछ भन्न पुगे । त्यसपछिका छ सात महिना म पुन टाढिने निर्णय गरे । तर मिसन त सुरुङ पार गर्नु नै थियो ।
केही उसैका चाहाना, केही भावानाका कदर गर्नुपर्ने जटिल परिस्थितिमा म पुगे र त्यसपछिका केही दिनमा म आफै आत्मबल थप गर्दै नजिकिए । यी विचमा हामी साथिहरु आफ्नै अध्ययन कार्यको थप सिकाइमा कुनै ठाउँ विशेष थियौँ । ती दिनहरुमा विगत र वर्तमान केलाउने प्रयास साथिहरुले गरे, मैले विगतलाइ स्विकारे र भविष्यलाइ इङ्कित गरे । उनले भने विगत र वर्तमानको रथ एउटै भएकाले कुनै उपल्लो दर्जाको सम्बन्ध नभएको धाराणा राखिन् । उक्त धाराणामा मैले समर्थन गर्नुको विकल्प देखिन किनकि हामी सुरुङ मार्गको निश्चित विन्दु र आफ्नै गन्तव्यको नजिक थियौ र त्यहि रुपमा रहने निर्णय गरे । पछिल्ला केही घटनाहरुले म दु:खित छु । जसमा म घृणित र मानसिक तनावमा छु । यो तनाव लिनुपर्ने खास कारण त छैन नै र पनि बाकी रहेको सुरुङको यात्रा कतै एकले सकाउने र अर्को रोकिने हुन्छ कि ? भन्ने डर हो ।
मलाइ उसका निजि विचार, क्रियाकलाप र सम्वन्धमा दरार ल्याउने होइन र छैन पनि तर म बारम्बार सिकार बन्नु म आफैलाई लज्जास्पद बन्यो । मैले सह-यात्राको साचि शिक्षालाइ राखेको छु । शैक्षिक सहयात्री नै मलाइ बेवकुफ बनाउन तिर लाग्नुले मलाइ धेरै मानसिक रुपमा शिथिल बनाउछ नै । त्यसैले आज सम्म भएका सबै शिथिल पनलाइ तिलाञ्जलि दिदै नया उर्जा सहित अघि बढ्ने निर्णय गरेको छु । मलाइ मेरो चिन्ता बाहेक कसैको चिन्ता लिनु पर्ने आवश्यकता रहेनछ भन्ने बोध हुनुनै म मा आएको सबल र सकारात्मक पक्ष हो । यसमा दोसि कोहि हो भने हामिनै हौँ र सच्चिनुनै हामिनै पर्छ । साथिहरु तिम्रो मेरो बिच रहेको सम्वन्धका बाधक होईनन् । बनको बाघले खावस् नखाओस् मनको बाघले खायो भन्छन् नी त्यस्तै हो । जति टाढिए पनि मनलाइ मार्नै सकिन तिमिलाई टाढाको बनाउनै सकिन ।
मैले तिम्रो मायालाई महशुस गर्न सकिन तर मेरीनै नबनेपनि म तिमी प्रतिको प्रेमलाइ सुरक्षीत राख्ने छु किनकी म तिम्रो प्रेमको बाधक होइन ।