काठमाडौं । नेपाल र चीनका उद्योगी, व्यवसायीहरुको बैठक ४ वर्षपछि बसेको छ ।
सोमवार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीहरुको संयुक्त बैठक बसेको हो । बैठकमा नेपालमा नयाँ व्यपारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यपारसम्बन्धी समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका प्रोजेक्टहरु सञ्चालन गर्ने बारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताउनु भयो ।
उहाँले नेपाल चाइना च्याम्बरका अध्यक्षसमेत रहनुभएका उहाँले छलफलमा नेपालीहरुलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरुलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरु नेपाल पठाउने, रोकिरहेको व्यापार सुचारु गर्ने, उद्योगहरु खोल्ने, नयाँ सम्भावनाहरुको खोजि गर्ने कुरामा पनि छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो व्यापारीहरुको बैठक हो । नेपाल र चीनका । यो ४ वर्षपछि बसेको हो । यसले धेरै फरक पार्छ, नेपालमा नयाँ केके व्यापार गर्न सकिन्छ । नेपालमा लगानी भित्र्याउने, भएको समस्या समाधान गर्ने, बोर्डरको समस्या समाधान गर्ने, पहिलादेखि रोकिएका प्रोजेक्टहरु अघि बढाउने ।
उद्योग वाणिज्य संघको निमन्त्रणामा आउनुभएको हो । सिसिपिआईटी बेइजिङ र सिसिआईओसी छ । यसमा व्यपारीहरु हुनुहुन्छ । नेपालीहरुलाई भोकेसनल ट्रेनिङ दिने, रोकिरहेको व्यापार सुचारु गर्ने, उद्योगहरु खोल्ने, नयाँ सम्भावनाहरुको खोजि गर्ने, बैंक आउने सम्भावना धेरै छ । दुई देश र दुई देशका व्यापारीहरुको सम्बन्ध रेन्यु गर्नका लागि हो ।’
अध्यक्ष तुलाधरले चिनियाँ बैंक नेपालमा आउने सम्भावना उच्च रहेको बैठकबाट जानकारी भएको पनि बताउनु भयो । उहाँले बैठकमा दुई देश र दुई देशका व्यापारीहरुको सम्बन्धलाई थप प्रगाढ र सुदृढ गर्ने बारेमा पनि छलफल भएको बताउनु भयो । बैठकका लागि सिसिपिआईटी बेइजिङ र सिसिआईओसीका १२ सदस्य टोली नेपाल आएको हो । चीनले नेपाल लगायतका अन्य मुलुकहरुसँग व्यापारिक स्थल खुला गरेको र चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचिमा राखेसँगै नेपाली उद्योगी, व्यवसायीहरु खुशी भएका छन् ।