काठमाडौं । सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा नेपाल का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने हुनुभएको छ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लाग्नुभएको हो ।
‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्तार लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शीर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाँहि कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौँ ।’ उहाँका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।