fbpx

प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नगर प्रमुख धनराज आचार्य बिच भेतवार्ता

author

समाचारपाटी

१२ महिना अगाडि

पोखरा । बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेतवार्ता भएको छ । भेतवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश प्रमुख शर्माले बधाई ज्ञापन गर्नुभएकाे थियाे ।

आफुहरुको लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीहरुको चाहाना र भावना अनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले सुनाउनुभयो । यस क्षेत्रमा हुने असंख्य पर्यटन गतिविधिहरुले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसार भरीका पर्यटकहरुलाई पोखरासम्म ल्याइपुर्याउनका महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।

पोखराका सुन्दर तालहरु र हिमालय श्रृखलाको सम्बन्ध विश्व मै उत्कृतष्ट रहेको भन्दै प्रदेश प्रमुख शर्माले यसलाई बाग्मति प्रदेशको पर्यटनसँग जोड्दै लैजानु पर्ने बताउनुभयो । दिगो पर्यटन विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो । आफु मुस्ताङसम्मको यात्राको क्रममा रहेको बताउँदै उहाँले पोखरालाई केवल एक उपत्यकाको रुपमा मात्र लिन नहुने बताउनुभयो । पोखरासँग समग्र गण्डकी प्रदेश कै जनजिवन जोडिएको उहाँले बताउनुभयो ।

नगर प्रमुख आचार्यले आफुहरु वृहत्तर पोखराको अवधारणामा सञ्चालित विकासका गतिविधिहरुमा आवश्यक समन्वय गर्दै महानगर क्षेत्रमा पर्यटन पुर्वाधारहरु निर्माणको क्रम तिव्र पारिएको बताउनुभयो । महानगरको समग्र विकासका लागि प्रदेश तथा केन्द्र सरकारसंग आवश्यक समन्वय गर्दै पर्यटन सहित मानव संसाधन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा पनि आफुहरु निरन्तर लागिरहेको बताउनुभयो । पोखराको पहिचानसँग जोडिएका प्राचिन तथा लोपोन्मुख संस्कृतिहरुको संरक्षण, जर्गेना र प्रवद्र्धनमा महानगर प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । भेतवार्ताका क्रममा उहाँहरुका बिच अनुभव आदान प्रदान सहित समसामयिक राजनीतिक विषयमा समेत भलाकुसारी भएको छ । 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...