उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क बीच भेटवार्ता

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ।

सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्न प्रतिबद्ध रहेको र यसका लागि राजदूत भोल्कको विशेष भूमिका रहने धारणा राखेको रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उपप्रधानमन्त्री खड्काले कोभिड–१९ को समयमा अस्ट्रेलिया सरकारबाट प्राप्त खोप एवं अन्य सहयोगका निम्ति धन्यबाद दिँदै अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अस्ट्रेलियाली सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयाे।

नेपाली सेना र अस्ट्रेलियाको सेनाबीचको सहयोग आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको औँल्याउँदै उहाँले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रमहरू आदानप्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने उल्लेख गर्नुभयाे।

भेटमा राजदूत भोल्कले नेपाली विद्यार्थी एवं समुदायप्रति अस्ट्रेलियाका जनताको सद्भाव रहेको र बढ्दै गइरहेको भन्दै नेपाली समुदायका कारण अस्ट्रेलियाको आर्थिक एवं सांस्कृतिक विकासमा योगदान पुगेको धारणा व्यक्त गर्नुभयाे। उहाँले कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रमा दुई देशबीच सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको बताउनुभयाे।

उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थी एवं समुदायका लागि आवश्यक सहयोगका निमित्त अस्ट्रेलियाली सरकार प्रतिबद्ध रहेको बताउनुभयाे। 

उहाँले रक्षा क्षेत्रमा दुई देशका सेनाबीच तालिम एवं विभिन्न प्रकारका कार्यक्रममा सहकार्य हुँदै आइरहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो सहयोग विस्तार गर्ने पर्याप्त सम्भावना रहेको धारणा राख्नुभएकाे थियाे। 

राजदूत भोल्कले आफ्नो कार्यकालमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको जनाउनुभयाे।

रासस


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.२६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन