fbpx

पूर्वी एसियन मेडिकल स्टुडेन्ट कन्फेरेन्स नेपालमा सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पूर्वी एसियन मेडिकल स्टुडेन्ट कन्फेरेन्स नेपालमा सम्पन्न भएको छ । माघ १३ देखि १७ गतेसम्म संचालित कन्फेरेन्सलाई एसियन मेडिकल स्टुडेन्ट एशोसियसन (अम्सा नेपाल) ले आयोजना गरेको हो । कार्यक्रममा भारत, हङकङ,
मलेसिया, सिङ्गाापुर, थाइल्याण्ड, इन्डोनेशिया, टाइवान, जापान, फिलिपिन्स,कोरिया र नेपाल गरी ११ मुलकबाट १३५ विदेशी मेडिकल विद्यार्थीहरुको उपस्थिति थियो ।

२०१८ मा पहिलो पटक नेपालमा डा.सन्तोष उपाध्यायको अध्यक्षतामा गरिएको कार्यक्रम नेपालका लागि दोस्रो कार्यक्रम हो । यस वर्षको विषय MountainAnd Wilderness Medicineभनेर उल्लेख गरिएको थियो । शुभारम्भ कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीले उदघाटन गर्नुभएकाे थियाे । साइन्टीफिक पेपर र साइन्टीफिक पोस्टर प्रतियोगिताको समेत आयोजना गरिएको थियो । जसमा निणार्यकका रुपमा डा.महेश सिग्देल, डा.रन्जित शाह, डा.पलेशवान जोशी, डा.मोहन शर्मा र डा. सन्तोष बानिया हुनुहुन्थ्याे ।

प्रतियोगितामा सातवटा उत्कृष्ट पेपर र पोस्टरको बारेमा विद्यार्थीहरुले प्रस्तुती दिएका थिए । जसमा पेपर अन्तर्गत एएमएसए थाइल्याण्ड र पोष्टर अन्तर्गत एएमएसए हङकङले उपाधि जितेका छन् । पाँच दिनसम्म संचालित कार्यक्रमको तेस्रो दिन पार्क भिलेज रिर्सोट बुढानिलकण्ठ देखि विपासना केन्द्रसम्म हाइकिङ गरिएको थियो । उक्त समय विद्यार्थीहरुले बाटोमा देखिएका फोहोरलाई व्यवस्थापन समेत गरेका थिए । विपासना केन्द्रमा करिव दुई घण्टाको तपस्या पछि काठमाडौं दरबार, पाटन दरबार, बौद्ध स्तुपा,स्वयम्भू घुम्न विद्यार्थीलाई लगिएको थियो ।

जसमा विदेशीलाई नेपालको कला, संस्कृतिका विषयमा जानकारी गराउने उद्देश्य रहेको समेत आयोजकले जानकारी गरायो ।
कार्यक्रमको चौथो दिन हरेक देशले आफ्नो भाषा, संस्कृति झल्काउने पोशाक र सामानहरु प्रदर्शन गरेका थिए । जसमा नृत्य, गायन समेत प्रस्तुत गरिएको थियो ।

उक्त दिन फोटोग्राफी प्रतियोगिताको समेत आयोजना गरियो । जसमा टाइवान विजयी बन्यो । कार्यक्रममा एएमएसए इन्टरनेश्नलका अध्यक्ष माइकल अतिफ जफिर असौर्यको सहभागिता थियो । आगामी कन्फेरेन्स टाइवानमा हुने भएको छ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन