‘मिडिया सुधार अहिले नै आवश्यक छ तर राज्यले बेवास्ता गरिरहेको छ’

author

समाचारपाटी

१ year अगाडि

पछिल्ला केही वर्ष यता नेपाली मिडियामा निरन्तर प्रश्नहरु उठिरहेका छन् । कतिपय प्रश्नहरु त सापेक्ष नै लाग्दछन् । तर ति प्रश्नहरुको संख्या घट्नुको साटो प्रतिदिन बढिरहेको छ । विषय गम्भीर बन्दै गएको छ । के मिडियाले आफूमाथि उठेका प्रश्नको उत्तर दिनु नै नपर्ने हो र ? अहिले सबैले एकीकृत रुपमा उठाएको प्रश्न हो यो । व्याप्त आर्थिक मन्दीमा मिडिया पनि आर्थिक रुपमा कमजोर बनिरहेको देखिन्छ । यसको बहुआयामिक असर पनि देखिँदैछ । आर्थिक मन्दीले मिडियाले पनि समाचार सामग्रीको गुणस्तर खस्काइरहेको छ । देश कमजोर भएको बेलामा मिडिया बलियो भएर उभिँदा छिट्टै माथि उक्सिएको देखिन्छ । तर हामी ठिक विपरित भोगिरहेका छाैँ । नेपालमा विकसित भइरहेको राजनीतिमा मिडिया र मिडियाले राजनीति गरेको विषय पेचिलो छ । राजनीतिक दलको अभिष्टमा मिडिया बहकिँदा जनमानस दिग्भ्रमित भइरहेका छन् । राजनीतिक घटनाक्रमलाई प्रकाशन र प्रशारण गर्दा पक्ष र विपक्षमा मिडिया बाँडिएको छ । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागमा अध्यापन गराइरहनुभएका डा. कुन्दन अर्यालले जिम्मेवारीयुक्त पत्रकारिता र अभ्यास हुन नसकेको बताउनु भयो । समयानुकुल कानूनी विधि र संरचना परिवर्तन नहुँदा पत्रकारिताको अभ्यासमा विकृति देखिन थालेको बताउनु भयो । 

यस्तै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले मिडिया अभिव्यक्ति स्वतन्त्रताको वाहक भएपनि जिम्मेवारीसँगै लैजान नसकिएको बताउनु भयो । उहाँले मिडियालाई कानूनले बाँध्नु भन्दा पनि बढी भन्दा बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो । यता अध्यापक डा.अर्यालले पत्रकारिताका व्यवसायिकताको अन्तरसम्बन्धहरुको गहन पुनरावलोकन गर्न आवश्यक रहेको बताउनु भयो । पूर्वमन्त्री रिजालले राजनैतिक दलहरुले सत्तामा र सत्ता बाहिर रहेको बेलामा व्यवहार फरक गरेको भन्दै यसको असर समाजमा पर्ने गरेको बताउनु भयो । नेपालको राजनैतिक विकास र पत्रकारिताको विकास सँगसँगै भएकाले धेरै कुरा छुट्याएर हेर्न नसकिने बतउनु भयो । समग विकासको प्रवाहमा पत्रकारिताको विकासको लागि पनि कार्यक्रम बनाउन आवश्यक रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान