एमडीएमएस प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालकाे निर्देशन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन्। बिहीबार नै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयमार्फत मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएकाे हाे।

‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच हिजो छलफल भएको थियो। प्रधानमन्त्रीज्यूले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न अर्थ मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई रोक्न निर्देशन दिनू भएको छ।’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘पहिले जस्तो थियो हाललाई सोहि नियम कार्यान्वयन गरेर अगाडि बढ्नु भन्नुभएको छ।’

विदेशमा रहेका नेपालीले उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न आवाज उठेको थियो। नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि तत्काल खारेज गर्न उनीहरुले सरकारसँग माग गर्दै आएका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको थियो। विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोधसमेत गरेको छ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गरिएको जनाएको छ।

नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले जनाएको थियो।

annapurnapost


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’