काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उहाँको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिनुभयाे ।
ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज नगरपालिकाभर शोक बिदा दिइएको छ । उहाँको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिनुभयाे ।
नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मिर्गौलामा समस्या आएपछि उहाँ २ साउनमा वीरमा भर्ना हुनुभएकाे थियाे । मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनुभएकाे थियाे ।