fbpx

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकास :- मेयर धनराज आचार्य

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापानबीचको सम्वन्ध हरप्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई शुद्ध र सफा पानीको व्यवस्था गरेको बताउनुभयाे । नयाँ टेक्नोलोजीको विकास र प्रयोग भएको भन्दै पोखराका प्रमुख आचार्यले पोखराको फोहोर पानी व्यवस्थापनमा जाइकाको सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयाे । मेयर आचार्यले पोखरा भौगोलिक विशालता र जनसंख्या बृद्धिदर उच्च भएकाले पानीको माग बढ्दै गएको उल्लेख गर्नुभयाे ।

खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभा सापारो वाटर ब्युरो जापानका सोता नामिकीले सञ्चालन गरेका थिए । महाप्रबन्धक श्रेष्ठले जापान सरकार जाईका र सापारो वाटरले दिएको नविनतम प्रविधिको प्रयोग संस्थानले अन्य शाखाहरुमा विस्तार गर्दै व्यवहारमा उतार्ने बताउनुभयाे । श्रेष्ठले जापानमा २ पटक र नेपालमा २ पटक भएको तालिम समापन सभामा सिकेको सीपलाई उपयोग गर्नेमा जोड दिनुभएकाे थियाे ।


पानीको चुहावटबाट हुने क्षति, पानीको शुद्धताको लागि गरिने परीक्षण र सीप हस्तान्तरणको लागि भएको तालिममा सापारो वाटर ब्यूराका पोलिसी प्लानिङ म्यानेजर निसीहारा गुचीले स्वच्छ पिउने पानीको विरतणलाई व्यवस्थित बनाउन दीगोरुपमा नेपाली प्राविधिक टिमको महत्वपूर्ण भूमिका हुने बताउनुभयाे । कार्यक्रममा जाईका नेपाल अफिसका प्रमुख माचुजाकी मिजुकीले ५० वर्षदेखि जापान सरकारले एसियाली मुलुकहरुमा गर्दै आएको सहयोगको चर्चा गर्दै पानीको चुहावट नियन्त्रण र गुणस्तरको सीप हस्तान्तरणले सम्वन्ध प्रगाढ बनेको बताउनुभयाे । २० वर्ष अघि हनिमुन मनाउन पोखरा आएको स्मरण गर्दै प्रमुख मिजुकीले पोखराको हर विकासमा जापान सरकारको पूर्ण सहयोग रहनेमा जोड दिएका थिए ।

समापन सत्रमा नेपाल खानेपानी संस्थानको तर्फबाट ईन्जिनियर बुद्धरत्न महर्जनले जाईका टिम तथा सापारो वाटर वक्सबाट सिकेको सीपले संस्थानबाट उपभोक्तालाई दिने सेवा प्रभावकारी बनाएको बताउनुभयाे । कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ईन्जिनियर आशिष कार्की, हेम्जा शाखाका प्रमुख इन्जिनियर सन्तोषकुमार दास, इन्टरप्रेटर अखिलेश कुमार कर्ण, लभ ग्रिन नेपालको अध्यक्ष अमिरा दली लगायतले बोलेका थिए ।

कार्यक्रममा लिसनिङ स्टिक, लिक डिटेक्टर, लिक न्वाईज, कोरोलेसन, पाईप लोकेटर र डिपेचर, मेन्टिनेन्स अफ् नेटर्वक लगायतका सामग्रीले जमिन भित्र हुने पानीको चुहावटलाई नियन्त्रण गर्न सहज हुने बताईएको थियो । लव ग्रिन नेपालकी अध्यक्ष अमिरा दलीले जाईका अन्तर्गत पोखरा नगरको खानेपानी आपूर्ति सेवा र वितरण व्यवस्थापनको व्यवस्थितीकरण परियोजनालाई आफूले महत्वपूर्ण र उपलब्धीमुलक ठानेको उल्लेख गर्दै एचआईसिसी, एसडब्लुबी, एनडब्लुएससी, सापोरो वाटर वक्र्स र जाइका होक्काईदोको सहकार्यमा तालिम सम्पन्न भएको उल्लेख गर्नुभयाे ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन