fbpx

‘प्रेमप्रसाद आचार्यको आत्मादाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य हाे’:-बालेन्द्र शाह

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताउनुभएकाे छ ।

मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाउनुभएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले आत्मादाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताउनुभएकाे हाे ।

‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो, उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको सुरक्षामा, उहाँको उद्धारमा, उहाँले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’ बालेनले भन्नुभएकाे छ , ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उहाँले उल्लेख गर्नुभएकाे छ । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उहाँले भन्नुभएकाे छ ।

एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भन्नुभएकाे छ । ‘त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो ।’

प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उहाँले भन्नुभएकाे छ । ‘नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपील गर्दछु’, उहाँले भन्नुभएकाे छ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...