एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.को शाखा अब पोखरामा

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात मन्त्रीराजीव गुरुङ र कम्पनी प्रवन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयूक्तरुपमा उद्घाटन गर्नुभएकाे हाे । पोखराको बुद्धचोकस्थित शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतिय सवारी साधनको भविष्य छ । यसको प्रयोगले सवारी साधन मालिकलाई मात्रै होइन्, यसमा
चढ्ने यात्रू, वातावरण सबै क्षेत्रमा राम्रो हुन्छ ।’ उहाँले व्यवसायलाई मात्रै नहेरी आम ग्राहकको मन जित्नेगरि सेवा प्रवाह गर्नपनि कम्पनीलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक तुषार गुप्ताले कम्पनीको तर्फबाट ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेवा विस्तार भइरहेको बताउनुभयाे । उहाँले कम्पनीको तर्फबाट ग्राहकवर्गमा कुनै गुनासो आउन नदिनेतर्फ सचेत रहेको बताउँदै ढुक्क भएर सवारीखरिद गर्न अनुरोध गरे । कम्पनीले यसै वर्षभित्र नारायणगढ र इटहरीमा पनि शाखा विस्तार गर्ने
योजना रहेको सुनाउनुभयाे । कम्पनीका बारेमा जानकारी दिँदै सेल्स प्रमुख नविन आचार्यले भविष्यको आवश्यकतालाई
मध्यनजर गर्दै आफुहरुले विद्युतिय सवारी साधनहरु नेपाल भित्र्याएको बताउनुभयाे ।

चीनको उत्कृष्ट व्यवसायिक सवारी निर्माता कम्पनी फेटोन र सोकोन ब्राण्डका यात्रुवाहक, स्कुल र भारी बोक्ने विभिन्न मोडलका इभी सवारीहरु पोखरा शोरुममा उपलब्ध रहेको उहाँको भनाई छ । कम्पनीले सवारी विक्रीमात्र नभई बिक्री भइसकेपछि पनि दिइरहेको सेवाबाट आफ्ना ग्राहकवर्ग सन्तुष्ट रहेको पनि उहाँले दाबी गर्नुभयाे । यस्तै, कम्पनीका सर्भिस प्रमुख जयन्त बस्नेतले झण्डै ६ दशक समयदेखि ग्राहक वर्गको मन जित्न सफल कम्पनीले फोटोन र सोकोन ब्राण्डको सवारीको आधिकारिक विक्रेतासँगै सीएएलटीब्याट्री र यसको स्प्येर्स पार्टस्को आधिकारीक सेवा एजेन्टका रुपमा सेवा प्रदान गरिरहेको जानकारी दिनुभयाे ।

कार्यक्रममा अब पोखरा शाखा प्रमुख किरण ओझाले अब कम्पनीका गाडी किन्नकै लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयाे । उहाँले बुद्धचोकस्थित सुविधासम्पन्न अत्याधुनिक शोरुमबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिने बताउनुभयाे । हाल शोरुममा फेटोन र सेकोन ब्राण्डका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड, ईसीथ्रिसिक्स भ्यान लगायतका ब्राण्डहरु उपलब्ध रहेको जानकारी दिनुभयाे । उहाँका अनुसार शोरुममा ११ देखि १६ सिटसम्मका ईभीहरु उपलब्ध छन् ।

कार्यक्रममा स्याङ्जा पोखरा गण्डकी यातायात प्रा.लि.का अध्यक्ष एवं लोकतान्त्रिक यातायात व्यवासयीक संघका केन्द्रिय सचिव भानुभक्त बरालले यातायात व्यसायीलाई कम्पनीको आधिकारीक शोरुम पोखरामामै सञ्चालन आउनु खुशीको कुरा भएको धारण व्यक्त गर्नुभयाे। एमएडब्ल्यू कम्पनीको गाडी खरिदमा तुलानात्मक धेरै फाइदा आफुले पाएको आफ्नाे अनुभव व्यक्त गर्नुभयाे । आयोजकको अनुरोधमा तस्विरहरुपनि समावेश गरिएको छ ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२०.७५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन