fbpx

नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको सञ्चालनमा आयो गैंडाकोट-मौलाकालिका केबलकार

author

समाचारपाटी

१ year अगाडि

चितवन । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।

केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी एक सय वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पहिलो यात्रुका रुपमा केबलकारमा यात्रा गरेर केबलकार शुभारम्भ गरिएको हो ।

उदघाटनको अवसर पारेर केबलकारले दुईतर्फी मूल्य (आउन र जान) ५५० रुपैयाँ तोकेको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि ३३०, विद्यार्थीहरुको लागि ४१५, जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरु (अपाङ्ग) का लागि २७५ रुपैयाँ टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । केबलकारको टिकट मोबाइल एप्लीकेशनमा आईएमई पे डाउनलोड गरेर समेत काट्न सकिने छ ।

झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केबलकारको औपचारिक उदघाटन भने मध्य वैशाखसम्म गर्ने तयारी रहेको छ । एक हजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रु बोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता मौलाकालिका केबलकार प्रा.लि.(आईएमई समूह) र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको कम्पनीको भनाइ छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।

केबलकारको माथिल्लो स्टेशनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल बन्दैछ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार होटल सञ्चालन गर्न अझै ५ महिना लाग्नेछ । होटलको टपमा हेलिप्याड रहने छ । ४५ सय जना अट्ने सभाहल, स्वीमिङ्ग पुलसहितको व्यवस्था हुने ढकालले जानकारी दिनुभयाे ।

onlinekhabar


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा