पोखरा –१५ मा सुत्केरी र विपन्न परिवारलाई खाद्यान्न, न्यानो लुगा र ब्ल्यांकेट वितरण

author

समाचारपाटी

२ years अगाडि

पोखरा। वडा कार्यालय –१५ तथा सहयोगी संस्थाहरूको सहयोगमा पोषणयुक्त खाद्यान्न तथा न्यानो लुगा वितरण गरिएको छ ।पोखरा महानगरपालिका वडा नं –१५ को सुत्केरी महिला पोषण कार्यक्रम तथा ’ग्लो संस्था र थ्री एन्जेल नेपालको सहयोगमा वडामा बसोबास गर्ने अपाङ्ग, दृष्टिविहिन, एकल तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको वार्षिक बजेटबाट सुत्केरी महिलाहरूका लागि चामल, घ्यू, हर्लिक्स र साबुन तथा ’ग्लो संस्था’ ले न्यानो लुगा र ’थ्री एन्जेल नेपाल’ले ब्ल्यांकेट सहयोग गरेको जानकारी दिनुभयाे। बानियाँले वडा तथा सहयोगी संस्थाहरूले दिएको सामग्रीको सही रूपमा उपयोग गर्न आग्रह गर्दै टोल छिमेकमा कोही त्यस्ता विपन्न व्यक्ति वा परिवार छुटेको भए वडामा पठाउन आग्रह गर्नुभएकाे थियाे ।

ग्लो संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले अभाव र अप्ठेरोमा परेका व्यक्तिहरूलाई विशेष जोड दिँदै चिसोबाट बचाउन वयस्कका लागि ११० र बच्चाहरूका लागि ४० जना गरी १५० जनालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिनुभएकाे छ। उहाँले वयस्कहरूका लागि ज्याकेट, सुत्केरीका लागि ट्राउजर, ज्याकेट, र ब्ल्यांकेट तथा बच्चाहरूका लागि स्विटर वितरण गरिएको जानकारी दिनुभयाे ।

यस्तै थ्री एन्जेल नेपालले ६० पिस ब्ल्यांकेट सहयोग गरेको छ । सहयोग कार्यक्रममा अध्यक्ष बानियाँसहित जनप्रतिनिहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले सहयोग सामाग्री हस्तान्तरण गर्नुभएकाे थिए भने, सहयोगी संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए ।


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन