fbpx

माता ताल बाराही आरती सेवा समितिमा ढाका बहादुर थापा चयन

author

समाचारपाटी

९ महिना अगाडि


गणेश पहारी । पोखरा। माता तालबाराही सेवा समिति पोखरा— ६ बैदामको अध्यक्षमा ढाका बहादुर थापा चयन हुनुभएकाे छ। आरतीको शनिबार सम्पन्न छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले आगामि दुई बर्षे कार्यकालका लागि थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समितिमा उपाध्यक्षमा जुना अधिकारी, सचिव महेश्वर पहारी, कोषाअध्यक्ष मदन राज न्यौपाने,सदस्यहरुमा ज्ञान बहादुर कार्की , कमला बज्राचार्य,पुष्ष पहारी, नानी कोइराला, हिरु पुन,गोकण अधिकारी, दिनदयाल पाण्डे, रामकृष्ण अर्याल र गुरुदत्त कोइराला चयन हुनुभएकाे हाे । पन्ध्र सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन गर्ने प्राबधान रहेको निर्वाचन संयोजक तथा अधिवक्ता भगवति पहारीले जानकारी दिनुभयाे । संस्थाको निर्वाचन सम्पन्न गर्नेका लागि कानुनि सल्लाहकार भगती पहारीको संयोजकत्वमा गणेश पहारी र अनिल थापा रहेको तिन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवंम प्रतिनिधि सभा सदस्य दामोदर “बैरागी” पौडेलले सुन्दर नगरी “पोखरा” भ्रमणको गनतब्यमात्र नरही धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस बैदिक सनातन धर्मको प्रचार प्रसार विश्वभरी नै फैलियोस र सकरात्मक उर्जा शक्ति प्राप्त होस, भन्ने भावनाले स्थापना भएको आरतिले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगनदान गरेको बताउनुभयाे । पोखरा प्राकृतिक महत्व बोकेको पर्यटकीय स्थलको भएको स्मरण गर्दै, अब पोखरा धार्मिक स्थलको रुपमा पनि पर्यटकिय गनतब्य रहेको परिचय पोखराले दिनु पर्नेमा जोड दिनुभयाे ।

गण्डकी प्रदेश सासद प्रकाश बरालले “धर्म, पुन्य कर्म गरि सके पछि कुनै कारण पुजा आजामा कतैबाट भुलबस छुट भएमा भएका भुल र छुटलाई मेटाउनका लागि आरती माताको आरती गरि सन्धाकालिन आरती गरेमा मुक्ति मिल्ने जनविश्वास रहेको सुनाउनुभयाे । आरति हिन्दु धर्मको मात्र नभई सन्धाकालिन आरतीमा सवै जातजाति सहित सवै धर्मालम्बीहरु उतिकै रमाउने हुनाले, यसलाई निरन्तरता दिई राख्नु सवैको कर्तव्य भएको बताउनुभयाे ।

गण्डकी प्रदेशका निर्वतमान सासद राजिब पहारीले पोखराका फेवातालको किनारमा श्री ताल बाराहि देवि माताको सम्मुख रहेर गरिएको सन्धाकालिन आरतीले पोखरामा पर्यटकको बसाई लम्बाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयाे । पोखराका धार्मिक स्थलमा पनी सन्धाकालिन आरिति गर्ने सके पोखरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सकिने कुरामा जोड दिनुभयाे ।

अध्यक्ष मंगल बहादुर नेपालीले पशुपति नाथ मन्दिरमा गरिने सन्धाकालिन आरती पछिको महाआरति पोखराको फेवाताल किनारमा गरिने आरती दोस्रो ठुलो आरती’ रहेको दावि गर्दे, पोखरामा पर्यटकिय बसाई लम्वाउन महत्वपूर्ण योगदान आरतीले गरेको सुनाउनुभयाे । आरतीलाई भब्य र ब्यवस्थित गर्ने सकेमात्र अझै आरतीको महत्व बढने भनाइ उहाँको थियो ।
नवनिर्वाचित अध्यक्ष थापाले पोखरामा पर्यटकको बसाई लम्वाउन सन्धाकालिन आरतीले खेलेको भुमिकाको स्मरणं गर्दै, आरति सेवा समिति सदैब अग्रजहरुको रायसुझाब सहित पर्यटककीय संस्थाहरु सँग हातेमालो गर्दै अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

अध्यक्ष मंगल बहादुर नेपालीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ढाका बहादुर थापा सचिव तुलसी दाहाल, पोखरा महानगरपालिका वडा न ६ वडा सदस्य बासु बराल,तालबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम पहारी, फेवा ढुवा व्यवसायी उपाध्यक्ष तुलबहादुर गुरुङ,नौलो धुम्ति नेपालका अध्यक्ष बद्रीबिनोद प्रतिक, निवर्तमान अध्यक्ष गिरिराज अधिकारी, कास्की रेडक्रसका उपाध्यक्ष उर्मिला कार्की, कानुनी सल्लाहकार शुष्मा पौडेल स सचिव भेषराज अधिकारी, कोषाअध्यक्ष मदनराज न्यौपाने, अन्नपूर्ण आमा समुह पोखरा ६ बैदामकी अध्यक्ष रेणु लामिछाने, महिला पर्यटन मञ्चकी अध्यक्ष उमा भन्डारी र आरति गुरु रामकृष्ण अर्याल, लगाएतका बक्ताहरुले बिषम परिस्थितिमा पनि आरतिलाई निरन्तरता दिनु गर्भको विषय बताउँदै, छोटो अवधिमा नै संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने