fbpx

रेडियो अन्नपूर्णको २१ औं बृहत रक्तदान कार्यक्रममा १ सय १० यनिट रगत संकलन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको २१ औं बृहत रक्तदान कार्यक्रमा १ सय १० यनिट रगत संकलन भएको छ । नयाँ रक्तदाताहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित रक्तदानमा ९४ जना पुरुष र १६ जना महिला गरि १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले बताउनुभयाे । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेका छन् ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयाे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताउनुभयाे । रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ संस्था तथा रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गर्नुभयाे । स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताउनुभयाे । कोशिस नेपालका परियोजना संयोजक सुदिप घिमिरेले पछिल्लो समयमा आत्महत्याको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउनुभयाे।

रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको सहकार्य संघ संस्थाहरूमा पोखरा इन्टरनेट प्रा.लि., नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ब्रिज सिमेन्ट प्रालि, डावर नेपाल प्रालि, सिजी फुड्स नेपाल प्रालि, बराल फिड इन्डष्ट्रिज प्रालि, सलिको इन्स्योरेन्स प्रालि, नेलम्बो नेपाल, लायन्स क्लब अफ पोखरा सेतीगंगा, न्यु राष्ट्रियता छापाखाना, सपना आयुर्वेद, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, रुपाकोट सुनचाँदी दोकान, गुहेयश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड, तालबाराही फार्मेसी, कोशिस नेपाल र परिचय एडभटाइजिङ रहेका थिए ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने