fbpx

एमालले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या ९ मा सिमित गर्ने

author

समाचारपाटी

२ हप्ता अगाडि

नेकपा एमालेले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताउनु भयो । अब जनसंगठनहरु केन्द्रिय कमिटी र केन्द्रिय सचिवालय मात्रै रहने पनि निर्णय गरेको छ । स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताउनु भयो । नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ । 
उहाँले भन्नुभयो, ‘अहिलेसम्म केन्द्रिय पदाधिकारीको संख्या १७ रहेकोमा पदाधिकारीको संख्यालाई ९ मा सिमित गर्ने । त्यसमा अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना । महासचिव एक जना, उपमहासचिव १ जना, सचिवहरु परिहासित कामको जिम्मा दिनेगरी प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्नेगरी ९ जना पदाधिकारी रहने । संगठनको डायर दुई भन्दा बढी रहेकोमा दुई वटामा सिमित गर्ने । केन्द्रिय कमिटी र केन्द्रिय सचिवालय मात्रै रहनेगरी नियमावलीमा व्यवस्था गर्ने प्रश्ताव स्वीकृत भएको छ । स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको छ । नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने । चैत्र महिनाभित्र गरिसक्नेछौँ । प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने । विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने । कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो भन्ने स्पष्ट जानकारी हुनुपर्ने । भ्रमणपछि व्यवस्थित रिपोर्ट प्रश्तुत गर्नुपर्ने । पार्टी स्थापनाको ७६ औं वर्षलाई कम्युनिष्ट योद्धा सम्मान गर्ने प्रयोजनका लागि प्रत्येक प्रदेशबाट एक÷एक जना कम्युनिष्ट योद्धाहरु पहिचान गरी सिफारिस गर्ने । पार्टी स्थापनाको दिन सम्मान गर्ने ।’
उहाँले पाथीभरा केबलकार विवादबारे स्थानीय, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर टुंग्याउँदै समस्या समाधान गरेर केबलकार निर्माणको प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने बारेमा पार्टीले भुमिका खेल्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...