fbpx

सञ्चारमाध्यम उपयोग गर्ने साधन मात्रै भएका छन्ः विज्ञ सुधांशु दाहाल

author

समाचारपाटी

११ महिना अगाडि


हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा बिस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । अहिले पनि टेलिभिजनको महत्व कम नभएको बताउनुहुन्छ भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहाल । उहाँले नेपाली टेलिभिजनमा प्रशारण हुने कन्टेन्टहरुको (विषयवस्तु) स्तर खस्केको बताउनु भयो । उहाँले कन्टेन्ट राम्रो भएसम्म टेलिभिजनको महत्व नघट्ने बताउनु भयो । उहाँले प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व छैन भन्न नहुने बताउनु भयो । उहाँले मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको बताउनु भयो । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने उहाँको भनाइ छ । नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चारमाध्यमको महत्व खस्किँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिभिजनको महत्व अहिले पनि त्यत्ति नै छ, खालि स्क्रिनको साइज चेन्ज भएको हो । जति धेरै स्ट्रङ कन्टेन भयो, जति राम्रो कन्टेन भयो त्यति राम्रो हो । सूचनाले मनोरञ्जनसँगै जानकारी पनि दिनसक्ने र कतिपय अवस्थामा प्रमाणित जानकारी दिने गर्छ । टिभी भौतिक रुपमा नै स्क्रिनमा सबै कुरा देखाइदिने भएकाले सत्यताको नजिक पुग्ने माध्यम भयो । सिनेमालाई मान्छेको बैठक कोठासम्म ल्याउने काम टेलिभिजनले गरेको छ । अहिलेको अवस्थामा पनि टेलिभिजनको आफ्नै महत्व छ । अहिले यसमा प्रशारणको शैली फरक भएको छ, आम दर्शकमा पुग्ने माध्यम परिवर्तन भएको छ । हामी कहाँ मिडिया भाइब्रेन्सी छ । मिडिया खुला भएपछि प्रतिष्पर्धामा जाँदा त्यसको आधार, मूल्यांकन, क्षमताको आँकलन नै नगरी सबै दौडिएको जस्तो देखिन्छ । टेलिभिजन सञ्चालन हुनु पहिलाको जस्तो अब रहेन । एउटा कोठाबाट मात्रै पनि टेलिभिजन सञ्चालन हुनसक्छ । हाम्रोमा मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नभएको देखिन्छ । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किनुपर्छ । हाम्रोमा एउटाले एउटा कन्टेन निकाल्यो भने त्यस्तै कन्टेनहरु कपि गरेर राख्ने प्रचलन छ । हाम्रोमा राम्रो न्युज च्यानल नै बन्न सकेका छैनन् ।’
उहाँले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने बताउनु भयो । उहाँले राम्रोसँग व्यवस्थापन हुनसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको बताउनु भयो । उहाँले नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने उद्योगप्रतिको इमान्दारिता पस्किनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नदेखेको बताउनु भयो । उहाँले राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेकाले पनि दर्शक अर्कोतर्फ गएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सबै पाटो हेरेर न्युजलाई सेलेबल बनाउनुपर्छ । समाचारको गुणस्तर उच्च राख्नुपर्छ । विश्वमा यति धेरै सामग्रीहरु उत्पादन भइरहेका छन्, तिनको बजारीकरणका लागि विज्ञापन एउटा ठूलो आधार हो । हाम्रोमा विज्ञापनको अभाव हुनुपर्ने अवस्था देखिँदैन । हुन दिएको देखिन्छ । नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने त्यो उद्योगप्रतिको इमान्दारिता कति छ हेर्नुपर्छ । हाम्रोमा राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नै देखिँदैन । राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेको देखिन्छ ।’

उहाँले नेपालमा टेलिभिजनलाई मात्रै नभएर समग्र मिडियालाई नै हेर्ने दृष्टिकोण कमजोर हुँदै गएको बताउनु भयो । उहाँले आफ्नो स्वार्थका लागि मिडियाको प्रयोग गर्ने हो भने सञ्चारमाध्यमको भुमिका कमजोर बन्दै जाने बताउनु भयो । विज्ञ दाहालले पछिल्ला सरकारका निर्णय पनि आफ्नो बिरुद्धमा भएपछिको अवस्थामा लिइएको निर्णयले स्पष्ट हुने बताउनु भयो । उहाँले टेलिभिजन जस्तो सशक्त माध्यम कमजोर हुनु दुःखद् भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘समग्र मिडियालाई नै हेर्ने दृष्टिकोण हामी कहाँ कमजोर हुँदै गएको जस्तो देखिन्छ । मिडियाको शक्ति, क्षमता र प्रयोग कसरी सकारात्मक रुपमा हुनसक्छ भन्ने धेरै जानकार देखिँदैन, त्यसकारण मेरो दुनो सोज्याउन प्रयोग हुन्छ भने ठिकै छ, होइन म माथि नै प्रश्न गर्न थाले यो ठिक भएन भन्ने मानसिकता बलियो रुपमा बढ्दै गएको छ । पछिल्ला सरकारका निर्णय र रबैया, उनीहरुका जवाफदेहीता यो माध्यमहरुसँग मेल खाँदैन । टेलिभिजन जस्तो सशक्त माध्यम कमजोर भएको देखिन्छ ।’
उहाँले सञ्चारमाध्यमलाई उपयोग गर्ने साधन मात्रै बनाउनु नहुने बताउनु भयो । उहाँले एउटा लगानी मिडियामा गर्ने र मिडियालाई प्रयोग गरेर अरुतिर लगानी गर्ने परिपाटि विकसित भएको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा पारदर्शिता नभएको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरुले पारिश्रमीक नपाएका घटना बाहिरएको भन्दै तलव पाउँछु की पाउँदिन भन्ने चिन्तामा रहेर सञ्चारकर्मीले राम्रा विषयवस्तु र समाचार सम्प्रेषण गर्न नसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मिडिया उपयोग गर्ने साधन मात्रै देखिन्छ । एउटा लगानी मिडियामा गर्ने र मिडियालाई प्रयोग गरेर अरु लगानीतिर धेरै जसो आफूलाई सुरक्षित गर्दै लैजाने त्यो लगानी कर्ताको व्यवहार देखिन्छ । किनभने पछिल्ला समय मिडियामा आएको क्राइसिस लगानीको क्राइसिस सुक्ष्म रुपमा पनि अध्ययन गरेका छैनन् । मिडियामा पारदर्शिता छैन । अधिकांशहरुले तलव नै पाउँदैनन् । तलव पाउँछु की पाउँदिन भन्ने चिन्ता छ । कुनै न कुनै रुपमा मुद्दा पनि हालिरहनुभएको छ । राज्य उपेक्षित भएर रहन सक्दैन ।’
उहाँले मिडियामा हुने वैश्विक (ग्लोबल फण्ड वा बैदेशिक लगानी) लगानी नेपालमा धेरै नआउने बताउनु भयो । नेपालमा मिडियाको सबलीकरण गर्न आवश्यक रहेको बताउनु भयो । यसमा सरकार आगाडि आउन आवश्यक रहेको बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने