जुम्लामा २ हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

author

समाचारपाटी

२ years अगाडि

जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षित हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।

यहाँका आठवटै स्थानीय तहमा दुई हजार नौ सय ५० हेक्टरमा मार्सीधानको खेती हुने गरेको जिल्लास्थित कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष धान खेतीमा ब्लाष्ट रोग लागेकाले गत वर्षभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । यो याममा किसानले जुम्ली कालीमार्सी धान काटेर घरमा ल्याइसकेको स्थानीय बताउँछन् ।

मार्सीधान कात्तिकको पहिलो साता नै काटेर भित्र्याइसकेका किसान सुनीता पाण्डेले बताउनुभयो । “सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी”, उहाँले भन्नुभयो, “यसको स्वादका साथै रोगसँग प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ ।”

राणाशासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधान बालीमा ब्लाष्ट रोगले उत्पादनमा कमी आएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । तातोपानीको वडा नं ४, ५ र ६ का फाँटमा बढी ब्लाष्ट रोगले क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

रासस


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ