मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण

author

समाचारपाटी

२ years अगाडि

पोखरा । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा ५ लाँख बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण गरेको छ ।

कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई १२ हजारका दरले १ लाख ८० हजार छात्रवृत्तीका लागि नगद र ७ विद्यालयलाई ३ लाख २० हजार बराबरको विज्ञान तथा गणितिय शैक्षिक सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।

शैक्षिक सामाग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सृजना सामुदायिक मावि सिमपाली र संगम मावि चन्द्राकोट रहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का ‘बिखर्ची’ ले अशिक्षा, अज्ञानतामा रुमलिएका मानिसलाई चिरा पार्ने भनेकै शिक्षा रहेको हुँदा शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तिहरु सधै आदरणिय रहने बताउनुभयाे । पाएको सहयोगको उचित प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले प्रतिष्ठानको उद्देश्य भनेकै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने रहेको बताउनुभयाे । प्रतिष्ठानले कुनै निजी स्वार्थको लागि नभई समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ती र विद्यालयलाई वार्षिकरुपमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी गिरीले दिनुभयाे । साथै उहाँले विद्यालय तथा विद्यार्थीलाई प्रतिष्ठानबाट प्राप्त सहयोगको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयाे । कुनै पनि विद्यालय वा विद्यार्थी आर्थिक अभावका कारण पढाइबाट बञ्चित छन् भने प्रतिष्ठान सदैव सहयोगका लागि तयार रहेको गिरीले बताउनुभयाे ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत, महेन्द्र माविका सहायक प्रधान शिक्षक मिनराज अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकमा अवस्थित महेन्द्र माविको सभाहलमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गर्नुभएकाे थियाे । साँस्कृतिक प्रस्तुती सहितको कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका पूर्व सचिव गोपाल गिरीले राख्नुभएकाे थियाे ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक अध्यक्ष डा. राम गिरी हाल जापानमा हुनुहुन्छ । प्रतिष्ठानले अहिलेको र पछिल्लो तीन वर्षमा शिक्षा क्षेत्रमा मात्रै १६ लाँख २० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन