पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–३, ६–१ ले, अभिषेक बिकले संगम मगरलाई ७–६, ६–४ ले, सुर्यान्स श्रेष्ठले सुमित विकलाई ७–६,६–४ ले पराजित गरे ।

त्यसैगरी १० वर्ष मुनिको गल्र्स सिङ्गलतर्फ निमित कुँवरले सहारा कायस्थलाई ६–४ ६–१ ले, ताभिसी रानाले अनन्या गुरुङलाई ६–१, ६–० ले पराजित गरिन् । १० वर्ष मुनिकै ब्वाइज सिंगलतर्फ मार्कब पोखरेलले आयोग्य राईलाई ६–१,६–० ले, कायन चालिसेले आयन पन्तलाई ६–१, ६–० ले, साविक पोखरेलले जीवास भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–३ र १०–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।

यु–१२ गल्सतर्फ थेया श्रेष्ठले जीवाश्री भट्टराईलाई ६–०, ६–० ले तथा कुसुम श्रेष्ठले सुप्रिया बिकलाई ४–६, ६–१ र ६–४ ले, इरा खत्रीले बुन्नी एस मेक्लागनलाई ६–३,६–१ ले तथा नायरा घलेले इनुला परियारलाई ६–०,६–० ले, आर्या पौडेलले रुविना श्रेष्ठलाई ६–०,६–० ले पराजित गरिन् । यु–९ ब्वाईज सिंगलमा जिवास भट्टराईले अनन्त पाण्डेलाई ४–०,४–० ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । कायन चालिसेले आयन चालिसेलाई ४–१ ,४–१ ले पराजित गरे ।

१२ वर्षमुनिकै ब्वाइज सिंगलमा साहन्स के बस्नेतले इवान भट्टराईद्वारा वाक ओभर पाए । अनमोल नेपालीले दक्ष गुरुङलाई ६–०,६–४ ( रिटायर्ड हर्ट ) पराजित गरे । त्यसैगरि अभिषेक बयलकोटीले साबिक पोखरेललाई ६–०,६–१ ले, नितेस थापाले मार्कब पोखरेललाई ६–४,७–५ ले पराजित गरे ।

ब्वाइज डबल्सतर्फ प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीले अभिषेक बयलकोटी र अनमोल नेपालीलाई ६–०,६–३ ले सुर्यान्स श्रेष्ठ र सन्दिप विकको जोडीले संगम मगर र अभिषेक विकको जोडीलाई ६–१,७–५ ले पराजित गरे । यु–१४ गल्सतर्फ ज्योभिना केसीले रुविना श्रेष्ठलाई ६–०,६–३ ले पराजित गर्दै पहिलो चरण पार गरिन् ।

आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक क्षेत्री, सचिव अन्जु केसी, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतको सहभागिता रहेको थियो । सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण तथा मन्तव्य समेत नराख्दा कार्यक्रम केहि पृथक बनेको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’