fbpx

मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट माघ २८ देखि हुने

author

समाचारपाटी

५ महिना अगाडि

मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ७ गतेसम्म पोखराको क्रिकेट रंगशालामा खेल हुनेछन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले यसअघि दुई पटक खेल आयोजना गरिसकेको छ । यसवर्ष मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ –क्यान) को समन्वयमा तेश्रो संस्करणको खेल हुन लागेको हो । उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच बिहान ९ बजेबाट शुरु हुने सेन्टर अध्यक्ष ठाकुर गैरेले बताउनु भयो ।

नेपाल क्रिकेट संघ –क्यान) को वार्षिक क्यालेण्डर अनुसारको यस प्रतियोगितामा सात वटा प्रदेशबाट १÷१ र आयोजक मनमोहन मेमोरियलको १ गरी जम्मा ८ वटा टिम सहभागी हुनेछन् । २५ ओभरका १५ खेलहरु ९१२ लिग, २ सेमीफाइनल र १ फाइनल सञ्चालन हुनेछन् । प्रत्येक प्रदेशबाट १४ खेलाडी र २ टिम व्यवस्थापकसहित १६ जना गरी जम्मा १२८ खेलाडी सहभागी हुनेपनि अध्यक्ष ठाकुरले बताउनु भयो । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह क मा कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ख मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् । विजेता टिमले १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र प्रस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन