भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पुनः हिंसा, ३ जनाको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

इम्फाल (एएनआई) । जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा शुक्रबार राति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन्। बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशंका गरेको प्रहरीले हिंसा रोक्न नसकेकामा खेद प्रकट गरिएको छ। उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो। 

यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्। राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१ मा बोलाउन सिफारिस गरेको छ। 

मणिपुर उच्च अदालतले राज्यको बहुसंख्यक मेतेई समुदायलाई अनुसूचित जनजातिको सूचीमा थप्न राज्य सरकारलाई आदेश दिएपछि गत मे ३ देखि जारी मेतेई र कुकी समुदायबीच झडपमा एक सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्। मणिपुरको वर्तमान अवस्थालाई लिएर केन्द्रमा हिउँदे अधिवेशन प्रभावित भएको छ।

विधानसभा र लोकसभामा विपक्षी महागठबन्धनका सदस्यहरूले केही दिनअघि दुई जना महिलाको अस्मिता लुटेर उनीहरूलाई निर्वस्त्र बजार घुमाइएको बर्बर घटना तथा मणिपुरको वास्तविक वस्तुस्थितिबारे प्रधानमन्त्री नरेन्द्र मोदीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै आएका छन्।  


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’