fbpx

मणिपाल अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न गएकी महिलाको अस्पतालबाट खसेर मृत्यु

author

समाचारपाटी

२ years अगाडि

कास्की । पोखरा -११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत हुनुहुन्थ्याे ।

छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खस्नुभएकाे थियाे र उहाँको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पताल व्यवस्थापनले भन्याे अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उहाँ किन छेऊतिर जानुभयाे भन्ने बुझ्न नसकिएको जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अस्पताल प्रशासन र पीडित परिवारबीच अहिले वार्ता चलिरहेको छ ।

‘हाम फालेको जस्तो देखिँदैन तर भवन मर्मतको काम भने चलिरहेकै रहेछ । छोरीलाई ३ दिनदेखि मुटुसम्बन्धी समस्यामा भर्ना गरिएको रहेछ । घटनाको अनुसन्धान थालेका छौं,’ घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर किरण राउतले भन्नुभयाे ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो