काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको साधार सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइतबार बिहान आईपीओ बाँडफाँड भएको हो।
आवेदन दिएकामध्ये १ लाख २० हजार ५ सय ३२ जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा १० लाख १६ हजार ७ सय १४ आवेदन परेको थियो। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाड गरिएको हो।
कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर निष्काशन गरेको थियो।