युवा व्यवसायी दीपक कार्कीद्वारा आश्रमको भवन निर्माणका पाँच लाख ५५ हजार सहयोग गर्ने घोषणा

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । सामाजसेवी तथा पोखराका युवा व्यवसायी दीपक कार्की मानवीय सेवाका लागि अग्रणी व्यक्ति हुनुहुन्छ । सिटिजन फर्निचरका सञ्चालक कार्की समाजसेवामा हरदम तयार हुनुहुन्छ । त्यसैले उहाँले स्थापनाकालदेखि मानवसेवा आश्रमका लागि तन, मन, धनले सहयोग गर्दै आउनुभएको छ ।

उहाँले यसपटक पनि आश्रमको एक कोठा निर्माणका लागि रु पाँच लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । मानवता प्रवद्र्धन अभियानमा समेत सक्रिय हुँदै आउनुभएका कार्की जन्मदिन होस् या देउसी भैलो आश्रमका हरेक कार्यक्रमहरुमा सरिक हुने र सहयोग गर्नै गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आश्रमले जुन काम गरिरहेको छ, त्यो हामी कसैले चाहेर पनि गर्न सक्दैन, हामीले उहाँहरुको अभियानमा बाहिरबाट सहयोग मात्रै गर्न सक्छौँ ।” उहाँ जस्तै परोपकारी व्यक्तिहरुको साथ र सहयोगले पोखराको आश्रमको सेवा सञ्चालनमा सहयोग पुगेको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका २५ हेम्जाको बाबियातरामा आश्रमले १० करोडको लागतमा आश्रमको भवन निर्माण थालेको छ । सोही भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुका साथै मानवता प्रवद्र्धन गर्ने उद्देश्यले आश्रमले नेपथ्य व्याण्डसँगको सहकार्यमा आउँदो पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा वृहत नेपथ्य लाइभ कन्सर्ट पनि गर्दैछ ।

उक्त कन्सर्टका लागि टिकट विक्री जारी रहेको र सहप्रयोजक तथा प्रायोजकका लागि इन्छा व्यक्त गर्ने संघसंस्थाहरुसँग छलफल चलिरहेको आश्रमले जनाएको छ । मानवसेवा आश्रमले यसपटक मानवता प्रवद्र्धनका साथै सहयोगापेक्षी सडकमानवहरुका लागि दीगो आर्थिक व्यवस्थापन गर्न अक्षयकोष निर्माणको लक्ष्यसहित देशका प्रमुख १० शहरमा उक्त कन्सर्ट गर्दैछ ।

कन्सर्टको पहिलो कार्यक्रम भोलि शुक्रबार विराटनगरबाट शुरु हुँदैछ । महिनाव्यापी संगीत याताको अभियानअन्तरगत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर,२५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा हुनेछ ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानविज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाण्डौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गरेन
‘सर्वोच्च अदालतको फैसला नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ’:-कृष्णबहादुर महारा
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी
देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो :-...

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो ‘सिङ्गो संसार’...
सपन र लक्ष्मीको आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’...
कृष्ण कडेँलको स्वरमा ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
सर्ट मुभी ‘किन’सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, माघ १७, २०७९

१९.१५°

-
Clouds