fbpx

पोखरामा यही माघ २० गतेदेखि मानवसेवा भवन निर्माणका लागि महायज्ञ हुँदै

author

समाचारपाटी

२ years अगाडि

पोखरा । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ ।

जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमको भवननिमार्ण एवं अक्षयकोष स्थापनार्थ उक्त महायज्ञ हुन लागेको आश्रमका केन्द्रिय कोषाध्यक्ष तथा महायज्ञ संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

उनीहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालन पोषणका लागि कोष निर्माण गर्न जरुरी भएपछि पोखरामा श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ–२०७९ गर्न लागिएको तिमिल्सिनाले बताउनुभयो। महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम् ज्यूले कथावाचन गर्नुहुने छ ।

मानवसेवा आश्रम विगत एक दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवहरुको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।

महायज्ञमा नियमित रुपमा विहान सात बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालिन भजन प्रस्तुत हुने जनाइएको छ । महायज्ञअन्तरगत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्जवलन गरिने जनाइएको छ । महायज्ञमा यसरी सहयोग गर्न सकिन्छ कुनै पनि व्यक्ति वा संस्थाले मानवसेवा आश्रमको कुनै एक शाखाको भवन (मानवीय मन्दिर) निर्माणको लागि रु एक करोड, एघार लाख १ सय ११
योगदान गरी अपार पुण्य आर्जन र सधैँका लागि अमर हुने सुवर्ण अवसर सदुपयोग गर्न सक्नुहुनेछ । उक्त रकम योगदान गर्नुहुने महानुभावको ईच्छा बमोजिम भवनको नामाङ्करण गरिने जनाइएकाे छ ।

उक्त भवनको कोठा निर्माणको लागि योगदान गर्ने महानुभावहरुको नाम कोठामा र अन्य दाताहरुको नामावली शिलालेखमा राखिने छ । मानवसेवा आश्रमको भवननिर्माण प्रयोजनका लागि नगद रु २१ लाख ११ हजार १११ योगदान गर्नुहुने महानुभावहरुको इच्छाअनुसार भोजनकक्ष र भान्साको नामाङ्करण गरिनेछ ।

मानवसेवा आश्रमको मेडिकल कक्ष निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुले रु एघार लाख ११ हजार १११ योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने मेडिकल कक्षमा दाताको नाम शिलालेखमा उल्लेख गरिनेछ । निर्माण हुने मानवसेवा आश्रमको भवन परिसरमा बागबगैँचा निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुको रु १५ लाख एघार हजार १ सय ११ योगदान गर्न सक्नुहुनेछ । उक्त बगैँचामा शिलालेखमा दाता÷सौजन्यकर्ताको नामावली राखिने छ ।

एक कोठा निर्माण अभियानअन्र्तगत रु पाँच लाख ११ हजार १ सय ११ रकम योगदान गर्न सकिने जनाइएको छ। देशभर निर्माण भइरहेको भवनका लागि सहयोग जुटाउन योगदान एक पटकको, स्मरण सँधैभरको अभियानअन्तर्गत एक कोठा निर्माण खर्च
योगदान गर्न चाहनु हुने महानुभावहरुले रु ५ लाख ११ हजार १ सय ११ रुपैया योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण भएको कोठाको नामाङ्ककरण र समुद्घाटन दाताकै ईच्छाअनुसार हुनेछ ।

यसका साथै भान्सा, भोजन कक्ष, अतिथि गृह, मेडिकल कक्ष, थेरापी कक्ष, शौचालय, अभियन्ता तथा स्वयंसेवक आवास, गार्डेन (बाग बगैंचा) लगायत निर्माणमा योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने संरचनाको नामाङ्ककरण र समुद्घाटन दाता कै ईच्छाअनुसार हुनेछ । लक्ष्मी नारायण मन्दिर र धर्मशाला निर्माणका लागि स्वइच्छाले सहयोग गर्न सकिन्छ ।

यस्तो छ अक्षयकोषतर्फ योगदान
अक्षयकोषतर्फ रु पाँच लाख एघार हजार १ सय ११ सहयोग उपलब्ध गराई मानवसेवा आश्रमको संरक्षणमा रहेको एक बेसहाराको आजिवन अभिभावक बन्न सक्नुहुनेछ । योगदान दातालाई बेसहाराको अभिभावक घोषण गरी सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।

सहयोग रकम अक्षयकोषमा राखी व्याजबाट आएको रकम मात्र बेसहाराहरुको सेवामा सदुपयोग गरिनेछ ।
मानवसेवा आश्रमको अक्षय कोष स्थापनार्थ रु दुई लाख ६१ ह्जार १११ योगदान गरी मानवसेवा आश्रमको एक दिनभरको वार्षीक भोजनसेवा सादस्यता प्राप्त गर्न सकिनेछ ।

एक पटक रू एक लाख ११ हजार १११ योगदान गरी मानवसेवा आश्रमको एक समयको वार्षीक भोजनसेवा सादस्यता प्राप्त गर्न सकिनेछ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट उक्त शाखामा हरेक वर्ष एक समयको भोजनसेवा गराइने अश्रमले जनाएको छ ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर