fbpx

जन्मदिनको उपलक्ष्यमा कमला श्रेष्ठले मानव सेवा आश्रममा रहेका अनाथहरुलाई खुवाउनुभयाे भोजन

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा घर भई हाल पोखरा–१७ विरौटा बस्दै आउनुभएकाे कमला श्रेष्ठले मानव सेवा आश्रम छोरेपाटनमा रहेका ७५ जना अनाथहरुलाई विहानको खाना खुवाउनुभएकाे छ ।

बुधबार परेको उहाँको जन्मदिनको अवसरमा विविध कारणबाट अनाथ बन्नुपरेका ७५ जनालाई खाना खुवाउदा आफुलाई छुट्टै खुसीको अनुभव भएको उहाँले बताउनुभएकाे छ ।

सहयोगी श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै हामीले फजुल खर्चलाई कटौती गरेर केही रकम सामाजिक संघ संस्था तथा अनाथ रहेका जो कोहीलाई सहयोग गर्ने, बृक्षारोपण गर्ने जस्तो सामाजिक कार्य गर्न सकेमा विशेष दिन उत्सवको रुपमा रहने बताउनुभयाे ।

“हामीले जन्मदिन जस्ता महत्वपूर्ण दिनहरुमा गरिने फजुल खर्चलाई समेटेर सानो रकमबाट पनि धेरै जनाको १ छाक खाना खुवाउन सकिने रहेछ । भोको पेट र नाङ्गो शरिरलाई छोप्नको लागि त्यस्ता रकमले कसैलाई खुसी बनाउन सकिने रहेछ । मेरो फरक अनुभव रह्यो म अत्यन्तै खुसी छु, मैले प्राय मेरो महत्वपूर्ण दिनमा कुनै मठ, मन्दिरमा पुजा र केही रकम सहयोग गर्दै आए, कहिले साथीहरुले खुसी साटे तर आज प्रत्यक्ष दिदी तथा आमाहरु सँग खुसी साट्दा छुट्टै खुसीको आनन्द मिल्यो ।” उहाँले भन्नुभयाे ।

त्यसैगरी सञ्चारकर्मी पदम श्रेष्ठले जन्मदिन जस्ता महत्वपूर्ण समयमा अनावश्यक रुपमा खर्च गर्नु भन्दा समाजलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरि विशेष काम गर्न सकेमा त्यसले जिवन्तसम्म प्रभाव पार्ने जानकारी गराउनुभएकाे थियाे।

“मानव जीवनलाई थप प्रभावकारी र उदाहरणीय बनाउन व्यक्ति स्वयम् लागि पर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे, आफ्नो जिवनलाई खुसी, सुखी र निरोगी बनाई स्वर्गको अनुभव गर्ने कि ? र दुःखी बनाएर नर्कको अनुभव गर्ने ? त्यसको जिम्मेवारी भगवानले स्वयम् व्यक्तिलाई दिएका छन् । धनले केवल भौतिक सुख पाउन सकिएला तर मनलाई सुखी बनाउन सामाजिक व्यक्ति नै बन्नुपर्छ,” उहाँले भन्नुभयाे ।

छोरेपाटनमा रहेको आश्रममा हाल ७ जना कर्मचारीहरुले व्यवस्थापनमा सहजीकरण गर्दै आउनुभएकाे छ, मासिक १ लाख भाडा तिर्दै आइरहेको आश्रममा छिट्टै नै पोखरा–२५ हेमजा रहेको सहयोगी बाट प्राप्त करिब ६३ रोपनी जग्गामा मानव सेवा आश्रम सञ्चालन गरिने मानवसेवामा समर्पित अभियन्ता सम्झना बतौलाले जानकारी गराउनुभयाे ।

अभियन्ता बर्तौलाले फजुल खर्चलाई घटाएर आफुले दिनको १ गिलास चियालाई सामाजिक कार्यमा लगानी गरेमा त्यसले विभिन्न कारणबाट अनाथ बन्नुपरेकाहरुको लागि बरदान मिल्ने भनाइ रहेको थियो ।

मानव सेवा आश्रम छोरेपाटनमा हाल करिब १२ वर्ष देखि ८५ वर्ष सम्म ७५ जना महिला दिदीबहिनीहरु रहेका छन् । उनिहरुलाई गण्डकी प्रदेश सरकारले प्रति व्यक्ति ४ हजार रकम सहयोग गर्दै आइरहेको छ भने बाँकी रकम सहयोग दाताबाट संकलित रकमले आश्रम चलाइदै आएको पाइएको छ ।

आश्रममा रहेका मध्ये ५१ जना मानसिक रोगको समस्यामा रहेका छन् भने २३ जना अन्य दिर्घकालिन रोगको समस्याबाट ग्रसित रहेका छन् । उनिहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठन (गण्डकी हस्पिटल) र जिएमसी हस्पिटलले निःशुल्क स्वास्थ्य उपचार गर्दै आइरहेको छ ।

हेमजामा रहेको मानव सेवा आश्रम भवन निर्माणको लागि नेपथ्य ब्याण्डले देशका १० शहरमा कन्सर्ट गर्दै सहयोग रकम संकलन गरेको थियो भने केही समय अगाडि हेमजामा बृहत महायज्ञ गरिएको थियो ।

सहयोगी श्रेष्ठ कार्कीनेटा सम्पर्क समाज पोखरालगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समेत रहनुभएकाे छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर