fbpx

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I मुम्बई प्रहरीले बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्ति मोहम्मद सरीफुल अस्लाम असजाद हुन्, जसले विजोय दासको नामबाट मुम्बईमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार असजादको भारतीय नागरिक भएको कुनै प्रमाण फेला परेको छैन। उनी बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरिएको छ, तर पासपोर्ट वा परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ। मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले पत्रकार सम्मेलनमा भने, “उनी अवैध रूपमा भारत आएका थिए र विगत चार महिनादेखि मुम्बईको ठाणे क्षेत्रमा हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए।”

प्रहरीले प्राप्त कागजातका आधारमा असजाद बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ। उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा आरोपपत्र दायर गर्ने तयारी गरिएको छ। उनलाई आज अदालतमा पेश गरिनेछ।

प्रहरीको जानकारी अनुसार असजाद सैफ अली खानको घरमा चोरी गर्न घुसेका थिए। यही क्रममा १६ जनवरीको राति २ बजे सैफ अली खानमाथि चक्कु प्रहार भएको थियो। शल्यक्रियापछि सैफ अली खान अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन