fbpx

मलेसिया सेलान्गोर राज्यमा उडिरहेको विमान सडकमा खस्दा १० जनाको मृत्यु

author

समाचारपाटी

१ year अगाडि

क्वालालम्पुर । मलेसियाको मध्य सेलान्गोर राज्यमा उडिरहेको विमान सडकमा खसेर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। 

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भन्नुभयाे, दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ।’ मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्यसभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छमलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा ६ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो।हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरु गर्ने उहाँले बताउनुभयाे। मलेसियाली वायु सेनाका पूर्वसदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भन्नुभयाे, ‘विमान अनियमित रूपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो।’ उहाँले थप्नुभयाे, ‘म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ। मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखेँ। तर, आगो जलिरहेकाले मैले केही गर्न सकिनँ।’अन्य प्रत्यक्षदर्शीका अनुसार बिचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगरनजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो।

विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ। एक्स (ट्वीटर) का एक प्रयोगकर्तामार्फत दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ। भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक