मलेसियाको राजधानी क्वालालम्पुर नजिकैको सेलाङ्गोर राज्यमा मंगलवार भएको ठूलो ग्यास पाइपलाइन आगलागीपछि ग्यास पाइपलाइन आगलागीबाट ११२ जना प्रभावित भएका छन् । जसमध्ये ६३ जनालाई अस्पताल भर्ना भएको सुरक्षाकर्मीहरुले बताएका छन् । प्रभावित व्यक्तिहरू बाहेक कम्तिमा ४९ घरहरूमा क्षति पुगेको छ । मुख्य ग्यास पाइपलाइन बन्द गरिएको छ । राजमार्ग अपरेटर प्लस मलेसिया बर्हादले एलिट राजमार्गका धेरै प्रमुख खण्डहरू बन्द गरिएको र यातायातलाई सुरक्षित मार्गहरूमा मोडिएको बताएको छ ।प्रधानमन्त्री अनवर इब्राहिमले घटनाका पीडितहरूलाई सहयोग गर्न निर्देशन दिनुभएको छ ।
सिन्ह्वा