महोत्तरीको गौशालामा १३ राउण्ड अश्रुग्यास ९ राउण्ड हवाई फायर

author

समाचारपाटी

२ years अगाडि

महोत्तरीको गौशालामा प्रहरीले १३ राउण्ड अश्रुग्यास र ९ राउण्ड हवाई फायर गरेको छ। सोमबार गौशाला नगरपालिका-४ मल्हिनियाँ पोखरीमा स्थानीयले प्रहरी उपर ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले बचाउका लागि हवाई फायर गरिएको हो। 

प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादव र सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक शंकर थापा घाइते भएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरी अवस्था सामान्य बनाइएको जनाएको छ।

अहिले अवस्था सामान्य छ। केही दिनअघि विष सेवनबाट मृत्यु भएकी स्थानीय आरती शाहलाई परिवारका सदस्यले हत्या गरेको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिला सञ्जालले आन्दोलन गरेको थियो। 

प्रहरी स्रोतका अनुसार सो घटनाका मुख्य आरोपी मृतकका श्रीमान् उमेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि पीडित मृतककी माइती पक्ष र स्थानीय महिला सञ्जालले कारबाहीको माग गर्दै आज बिहानैदेखि आन्दोलन सुरु गरिएको थियो।अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

annapurnapost


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन