जनकपुरधाम । महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो । आज बिहान ४ बजेको समयमा आएका ७र८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताउनुभयाे ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताउनुभयाे । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव भएकाे प्रहरीले जनाएकाे छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।