fbpx

‘काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको छ’

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्केबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री यादवले याङ्ग्री र लार्के छिटोभन्दा छिटो शुरु गर्ने मन्त्रालयको योजना रहेको बताउनुभएको हो ।

उहाँले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी काम अगाडी बढीरहेको भन्दै यसो हुँदा काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानीको उपलब्धता हुने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा अध्यययन भइरहेको बताउनु भयो ।

 
उहाँले भन्नुभयो – ‘याङ्ग्री र लार्के छिटोभन्दा छिटो शुरु गर्ने मन्त्रालयको योजना रहेको छ । मेलम्ची नदीको माथिल्लो भागमा धेरै जोखिम रहेकोले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी कन्सेप्ट अगाडी बढिरहेको अवस्थामा अन्तिम रुप दिइएको छ ।

सोही अनुसार याङ्ग्री र लार्केको योजना अन्तर्गत पानी मुख्य सुरुङमा जोडिएपछि मेलम्ची खानेपानी आयोजना पूर्ण रुपमा सञ्चालन भइ काठमाडौं उपत्यकाभित्र बाह्रै महिना, चौबिसै घण्टा पानी उपलब्ध हुने सुनिश्चिता हामी दिलाउन चाहन्छौँ । यसका साथै काठमाडौं उपत्यकाका लागी खानेपानी वैकल्पिक व्यवस्थाको लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलाको अध्यययन कार्य भइरहेको छ ।

काठमाडौं उपत्यकालाई मेलम्ची खानेपानी पूर्ण नयाँ वितरण लाइन प्रणालीबाट पानी वितरण गर्ने लक्ष्य रहेको छ । हाल परीक्षण भइरहेका नयाँ वितरण लाइनबाट केही स्थानमा पानी वितरण भएतापनि अधिकांश पुरानै वितरण सञ्जालबाट पानी वितरण रहेकोले पानी समस्या देखिएका छन् । नवनिर्मित सञ्जालबाट पानी वितरण भएपछि पानीको समस्या समाधान हुने र पानी सिधै उपयोग गर्न सकिने सबैमा जानकारी गराउँछु ।’


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन