fbpx

मकवानपुरको सिस्नेरीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना गर्न माग

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असोजमा मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको बाँधको ढोका खोल्दा भएको बाढीबाट भएको क्षतिको पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।


आईतवार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत केन्द्रको बाँध भरिएर फुट्ने डरले जानकारी समेत नदिई दुई वटै ढोका  खोल्दा ठूलो धनजनको क्षती भएको थियो । बाँध खोलिएपछि आएको बाढीमा परी ६ जना बाल खेलाडिको मृत्यु समेत भएको थियो । बर्तौलाले प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई ख्याल नपु¥याई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँध खोलेको भन्दै उक्त कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्न समेत माग राख्नुभयो । उहाँले बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, वस्ति, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘गएको असोजमा परेको अविरल वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको वाँधमा जम्मा भएको पानीलाई बाँध भरिएपछि मात्रै प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई थोरै पनि ख्याल नपुयाई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, बस्ती, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ । ६ जना बाल खेलाडीहरुको मृत्यु समेत भएको छ । त्यसकारण सभामुख महोदय प्राधिकरणको तर्फबाट लापरबाही गर्नेलाई कारवाही गर्दै संरचनाहरु पुनःस्थापन गर्न र जोखिममा रहेका तल्लो तटीय क्षेत्रका नागरिकलाई आवश्यक मुआब्जा उपलब्ध गराई स्थानीयको स्थानान्तरण गर्न सरकारसँग माग गर्दछु ।’


उहाँले क्षति भएका संरचनाहरुको पुनःस्थापना गर्दै स्थानीयलाई मुआब्जा वितरण गर्न समेत सरकारसँग माग गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन