रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः महेश बर्तौला

author

समाचारपाटी

३ हप्ता अगाडि


नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा देखाएको विरोध शैलीप्रति आपत्ति जनाउनुभएको छ । 

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गर्नुभएको हो । विरोधको नाममा रास्वपाका सांसदहरूले अपनाएको शैलीले आफूहरुलाई समेत संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको प्रमुख सचेतक बर्तौलाको भनाइ छ । उहाँले रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभएपनि  संसदमा विरोध गर्दा न्युनतम मर्यादाभित्र रहनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘संसद राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको विरोधको नाममा कपालभाँति गर्ने ठाउँ होइन । उहाँहरुले विरोधको जे शैली अवलम्वन गरिरहनु भएको छ यसले हामी आफैंलाई पनि यो लोगो लगाएर हिँड्न अपमानित हुने परिस्थिति सिर्जना गरिरहनुभएको छ । विरोधको शैलीमा पनि उहाँहरुले न्युनतम मर्यादामा रहनुपर्छ । त्यो न्युनतम मर्यादालाई पनि समाप्त पारेर जुन शैली र व्यवहारका साथ विरोध गरिरहनुभएको छ त्यसले हाउस अगाडि जाने कुरा सहज भएन । त्यसकारण सभामुखज्युले दलहरुका बीचमा सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।’
उहाँकाअनुसार संसदलाई अगाडि बढाउनको दलहरुको बीचमा सहमतिको वातावरण बनाउन दलहरुलाई सभामुख देवराज घिमिरेले आग्रह गर्नुभएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२४.५१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ