fbpx

अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैनः महेश बर्तौला

author

समाचारपाटी

२ महिना अगाडि

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेशसम्बन्धी विषय व्यवस्थापकीय समस्याको कारणले प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचिबाट हटाइएको बताउँदै निर्णयमा पुग्ने सवालमा कुनै समस्या नरहेको बताउनु भयो । उहाँले आउँदो आइतवारको दिन अध्यादेशसम्बन्धी विषय संघीय संसदको दुवै सदनको बैठकमा निर्णयार्थ प्रश्तुत हुने बताउनु भयो । 

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसम्बन्धी विषय सरकारले अर्को दिनको लागि छलफल गर्नेगरी हटाउने प्रश्ताव गरेपछि त्यहीअनुसार हटेको हो । सामान्यतया सरकारी विजनेसमा सरकारले छलफल कहिलेकाँही तलमाथि गर्नसक्छ । यो नियमित प्रक्रिया हो । असाध्यै सामान्य प्रक्रिया हो । अध्यादेशसँग जेडिएर केही प्रसंग र विवेचनाहरु पनि हुन्छन् । अध्यादेशसँग सम्बन्धी विषयको निर्णयमा पुग्नको लागि पनि कहीँ असहजता हो कि । यी विषयमा काँही केही समस्या छैन । दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश टेबुल भएको छ । निर्णयार्थ प्रश्तुत हुँदाखेरि स्वाभाविक र सरल प्रकृतिबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैन । आज व्यवस्थापकीय कारणहरुले गर्दाखेरि नै यो कार्यसूचीयबाट हटाइएको हो । अरु केही कारण छैन । भोलि पनि कार्यसूचीको चाप नै रहेको कारण आउँदो आईतवार या सोमवारसम्म अध्यादेशको विषय कार्यसूचीमा चड्नेछ ।’


उहाँले अध्यादेशमा रहेका कमजोरीहरुलाई सच्याउनुपर्ने भए प्रतिस्थापन विधेयकको क्रममा सम्बोधन गर्न सकिने उल्लेख गर्दै यस विषयमा जसपा नेपालले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...