महाभारादेखि कञ्चनजङ्घासम्म

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो– ‘महाभारादेखि कञ्चनजङ्घासम्म।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत। कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम। अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याउनुभयाे। ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो।

वसन्त भन्नुहुन्छ, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ। यो लोकल प्रचलितबाट ल्याएको शब्द हो।’पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ। लोकल प्रचलितबाट ल्याउने हो भने। मोहन मैनालीलाई ‘महाभारा’बाट देखिने दृश्यबारे सोध्नुहुन्छ। मोहन आकाशबाट हेर्दा महाभारा फरक देखिने बताउँनुहुन्छ। ‘महाभाराबाट सिधा अगाडि देखिने जुन हिमाल छन्, कन्चनजंगादेखि कुम्भकर्णसम्म। त्यो जोडिएजस्तो लाग्थ्यो। तर माथिबाट चाहिँ हेर्दा धेरै ठाउँ खाली देखिँदो रहेछ। तलबाट जस्तो राम्रो दखिने रैनछ।’

आफूले प्लेनबाट शरत ऋतुको बेलामा महाभारा हेर्दा सुन्दर देखिएको पनि उहाँ स्मरण गर्नुहुन्छ । विराट वसन्तलाई प्रश्न गर्नुहुन्छ, ‘बाँचेको महाभारा र लेखेको महाभारामा के फरक छ ? इलाममा बसेको महाभारा र काठमाडौंबाट हेरेको महाभारामा के फरक?’

वसन्त आफूले किताबमा लेखेको ‘महाभारा’ हिजोआज नपाउने बताउँनुहुन्छ। ‘म महाभारा क्षेत्रमा पुग्दा कतिपय चिज यस्तो छ, जसलाई महत्व नदिई त्यसको महत्व स्थापित भएको थियो। पात्रबाट हेर्दा डुक्पा कोही थिएन, सुक्मती कोही पनि थिएन। विशुद्ध कल्पना थियो पात्र। कति कुरा देखेको भोगेको, कति कुरा निर्मित यथार्थ हो,’ उहाँ भन्नुहुन्छ।

मोहन धेरै स्थान पुगिसक्दा पनि कन्चजंगा पुग्नुभएकाे छैन्। विराट सोध्नुहुन्छ, ‘तपाईं कन्चनजंगा पुग्न किन भ्याउनुभएन?’मोहन आफ्ना पुराना यात्राताका समयमा पर्कनुहुन्छ। उहाँलाई करिअरका सुरुवाती दिनमा मनास्लु जाने अवसर आयो। ‘एकजना भरिया टेप बोकाएर लानुपर्यो। मेरा सिनियरहरू १ सय १ तयार थिए। भोज भएको ठाउँमा खान नपाएका मान्छे मुख मिठ्याएर बसेगरी म बसेको थिएँ। धन्न सिनियरले राम्रो काम पाउनुभयो र जान्न भन्नुभयो। त्यसपछि मैले पाएँ। पहिलो पटक त्यहाँ गएर फर्केपछि म सिनियरहरूभन्दा अगाडि भएँ। मैले छाडेपछि मात्र अरु सिनियर जान पाउनुभयो,’ मोहनले सम्झिनुभयाे।
विस्तारी थुप्रै ठाउँमा आफूले घुम्न पाएको मोहनले बताए। कतिपयले मोहनलाई सोध्छन्, ‘यसरी धेरै घुमेर पैसा कसरी ल्याउँछौं? विदा कसरी लिन्छौ?’

मोहन आफू जहाँ घुमे पनि कामैको शिलशीलामा घुम्ने बताउँनुहुन्छ । बरु जहाँबाट घुमेको छु त्यहाँबाट पारिश्रमिक पनि लिने उहाँ सुनाउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक...
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बालकुमारीमा सुरु
सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम जारी
नागरिकसँग गरेका वाचा पूरा गर्ने हिसाबबाट अघि बढ्छु :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
पठान फिल्मले बक्स कलेक्सनमा अहिलेसम्मकै तोड्यो रेकर्ड
किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
गायिका शारदा क्षेत्रीको सहकार्यमा तयार भयो ‘आफ्नै भए पनि’...
‘प्रेमा’ चैत १७ मा रिलिज हुँदै
काठमाडौं

आइतवार, माघ २२, २०७९

१८.८३°

-
Clouds