fbpx

पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही
घाटमा हुनेछ ।

महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान,भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका अध्यक्ष एवम् महाशिवरात्री विश्वसंगीत दिवसका परिकल्पनाकार इश्वर गुरुङले जानकारी गराउनुभयाे ।

मर्करी ब्याण्ड, पिसजोन ब्याण्ड, अपुर्व, दिप श्रेष्ठ, राजु परियार, रब्नि एण्ड रेगुलेसन, मुक्ती एण्ड रिबाइबल, स्ट्रिम एण्ड एन्जन्र्स, मङ्गोलियन हार्टका राजु लामा,राजेश पायल राई, यम बराल लगायतका कलाकारको उपस्थिति रहने भनाई उहाँको छ ।

‘देखेर तिमिलाई‘’,‘लजाएर‘’ लगायतका गीतका गायक एवम् संगीतकार सुजन चापागाईलाई कार्यक्रममा सम्मान गर्न लागिएको छ । जसमा उहाँको प्रस्तुति समेत रहने उहाँले बताउनुभएकाे छ । ‘महाशिवरात्री महोत्सव कलाकारको उत्सव हो ।
नेपालका चर्चित कलाकारको उपस्थिति त्यो दिन रहन्छ । हामीले यसलाई व्यवसायिक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रुपमा लिएका छौं ।

हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ ।’,उहाँले भन्नुभयाे । ब्याण्डको वार्षिक उत्सवमा गुरुङले वर्षेनी महाशिवरात्री अवसर पारेर सांगीतिक कार्यक्रम समेत गर्दै आउनुभएकाे छ । ‘हामीले कुनै कमाउने उद्देश्यले कार्यक्रम राखेका होइनौं । हाम्रो उद्देश्य भनेकै नेपाली संगीतको प्रवद्र्धन
हो ।’, उहाँले भन्नुभयाे ।

शिवरात्रीकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटक सम्म उक्त कार्यक्रमको आयोजना गरिसकिएको छ । महोत्सव प्रवेशका लागि टिकट काट्नुपर्नेछ । सबै दर्शकले आत्मसात् गर्ने गरी टिकट शुल्क निर्धारण गरिएको गुरुङले बताउनुभयाे ।
कोभिडका कारण बीचमा कार्यक्रमले निरन्तरता नपाए पनि अबको समयमा निरन्तरता दिने प्रतिबद्धता उहाँको छ ।
नमस्ते ब्याण्डले नेपाली गीत संगीतको सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका संयोजक शिवजी भट्टराईले बताउनुभयाे ।

सम्पूर्ण कलाकारहरुलाई एकीकृत गर्दै नेपाली गीतसंगीतलाई माथि उठाउन इश्वर गुरुङको योगदान अतुलनीय रहेको अभिव्यक्ति उहाँको छ । महाशिवरात्री विश्वसंगीत महोत्सव कलाकारको जमघट गर्ने थलो भएको भनाई उहाँको छ ।
सहसंयोजक नारायण भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयाे । उहाँका अनुसार कार्यक्रम मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । कार्यक्रम सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

इश्वरका बारेमा ःइश्वरलाई अहिलेको नयाँ पुस्ता भन्दा पुराना पुस्ताले अलिक बढी चिन्छन् । “जाउँ है पोखरा‘” उहाँलाई परिचित गराउने गीत हो । लाउरे परिवारमा जन्मेका इश्वरको गीतसंगीतमा रुची सानै देखि हो । खेलकुद क्षेत्रमा पनि उहाँको लगाव थियो । बुवा लाउरे भएकाले गुरुङले सानै उमेरमा नैविदेशमा भ्रमण गर्ने अवसर पाए । हङकङ, सिंगापुर जस्ता देशहरुमा त उहाँले प्राथामिक तहको शिक्षा लिए । पछि नेपाल फर्केपछि उनको शिक्षाको औपचारिक यात्रा गण्डकी बोर्डिङ स्कुलबाट हुन थाल्यो ।

हिमाल चुचुरे, गण्डकीको तिरैमा लगायतको सिर्जना उहाँले बोर्डिङ पढ्दा ताका नै गर्नुभयाे। कलेज लाइफ काठमाडौंमा बिताउनुभएका गुरुङ खेलकुदबाट जापान पुग्नुभयाे । केही समय कर्म गरिसकेपश्चात उहाँलाई संगीतको तलतलले खाली बस्न दिएन । केही जापानीज साथीहरुको साहयतामा ब्याण्डको स्थापना गर्नुभयाे ।

गायन सँगै गुरुङले जापानमा इभेन्टको समेत आयोजना गर्न थाल्नुभयाे । नेपालका नाम चलेका ब्याण्ड र गायकगायिकाहरुलाई जापान लगेर सांगीतिक कार्यक्रम गर्ने त्यसबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य स्वरुप उहाँ लाग्नुभयाे । जसको निरन्तरता आज पनि छ ।

नमस्ते ब्याण्डको ६ एल्बम आइसकेको छ । जसमा ४ वटा लय,शब्द र आवाज सहितको एल्बम छ भने २ वटा धुनहरुको मात्रै एल्बम रहेको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर