आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दिनुभएकाे छ । नेविसंघको तर्फबाट धनुष विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिनुभएकाे छ । नेविसंघबाट सचिवमा विशाल केशरी र कोषाध्यक्षमा स्मृति श्रेष्ठले उम्मेदवारी दिनुभएकाे छ । यस्तै सदस्यहरुमा सरिता शाह , रिश्ता कार्की , जोसिका कंडेल, रक्षा ढुंगाना , संगीता न्यौपानेले उम्मेदवारी दिनुभएकाे छ ।
महाराजगन्ज नर्सिङ क्याम्पसमा हाल ३ सय ६९ विद्यार्थी अध्ययन गर्दै आएका छन । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ । फागुन २८ मा उम्मेदवारको नामावलीमाथि दाबी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने समय तालिका तोकिएको छ । फागुन २९ गते (सोमबार) उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली सार्वजनिक गरेर प्रचारप्रसारको समय सुरु हुनेछ । चैत २ गते राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइने छ ।
Best wishes