fbpx

‘कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव छ’:- महानायक राजेश हमाल

author

समाचारपाटी

१ year अगाडि

महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ । बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताउनु भयो । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताउनु भयो । नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनु भयो । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘किसान र कृषि प्राविधिकले भाग लिन पाउने, किसानले किसानसँगै र प्राविधिक प्रतिष्पर्धीले प्राविधिक प्रतिष्पर्धीहरुसँगै प्रतिष्पर्धा गर्नेछन् । युवा पुस्ताले कृषि क्षेत्रमा देखाएको चासोले राम्रो लागेको छ । नेपालमा नेपाललाई विकास गर्नु छ, सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्ने हो । त्यसैबाट हामीले देशलाई विकासतिर लैजान सक्छौँ । किनभने हाम्रो क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र हो । अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न सक्दैन । नेपालले आफ्नो स्थान विश्वमा बनाउनु छ, समृद्ध बनाउनु छ भने एग्रिकल्चर नै एउटा माध्यम हो । सयौँ वर्षसम्म एउटै जनजीवन थियो तर यो ३० वर्षमा धेरै परिवर्तन भयो, आधुनिकताको नाममा राम्रा कुराहरु बिर्सिएका छौँ । जगैदेखि उखालेर फालेका छौँ ।’ 

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नुहुनेछ । दुवैतर्फ एक÷एक विजेता चयन हुनेछन् । विजेताले १० लाख भन्दा बढी नगद पाउनुहुनेछ । त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रशारण हुने भन्ने टुंगो लागि नसकेको भएपनि माघबाट प्रतिष्पर्धा शुरु हुने आयोजकले जनाएको छ । 


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन