नेकपा एमालेले महाकाली— मेची अभियान शुरु गरेको छ । बिहीवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गर्नुभएको हो । आजबाट शुरु भएको झुलाघाट—चिवाभञ्ज्याङ यात्रा पुस २ गते सम्पन्न हुनेछ ।
यस क्रममा नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको अध्ययन र त्यसआसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ । उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताउनु भयो ।
जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताउनु भयो । । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।