fbpx

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद्ले पास गरेको मस्यौदा संसदमा पेश हुुन्छ । छलफल, संशोधनसहित पाश हुनेछ । र कानुन बनेर कार्यान्वयनमा बल्ल आउनेछ । अबको हप्तादिनसम्म संसदमा पेश गर्ने तयारी छ ।

पोखराको लेकसाइडस्थित बाराहीघाटमा बिहीबारदेखि सुरु १२औं संस्करणको एनसेल नेपाल लिटरेचर फेस्टिलमा ‘गण्डकीमा मगर र गुरुङ भाषा’ विषयमा अन्तरक्रिया भयो । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, डा. विष्णुकुरमा सिञ्जाली र जूनाकुमारी गुरुङसँग गौरी तमुले प्रश्नहरु गर्नुभयाे ।

गौरीले विन्दुकुमारलाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजी बनाउन किन संविधान जारी भएपछि ९ वर्षको समय लाग्यो भनेर प्रश्न गर्नुभयाे । मन्त्री थापाले भाषा आयोगले ढिला गरेर सिफारिस गरेको बताउनुभयाे । ‘संघीयतामा गएको लामो इतिहास छैन । २०७४ मा संघियता लागू भएर संघ र प्रदेशको निर्वाचन भएको थियो । मगर र गुरुङ भाषा गण्डकी प्रदेशमा नेपालीपछि सबैभन्दा धेरै बोलिने भाषा हुन् । यी दुईटा भाषालाई प्रदेशको कामकाजको भाषा गनुपर्छ भनेर एउटा त संविधानको भावना अनुसार अगाडि बढेका हौं’, उहाँले भन्नुभयाे, ‘भाषा आयोगले २०७८ सालमा मात्रै बल्ल मगर र गुरुङ भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिनका लागि सिफारिस भयो ।’

भाषा आयोगले सिफारिस हुनेवित्तकै मगर र गुरुङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा अगाडि बढाउनपर्छ भनेर प्रयास गरेको बताउनुभयाे । सातै प्रदेश मध्य पहिलो हुने भनेर लाग्दा पनि सम्भव नभएको सुनाउनुभयाे । सर्वमान्य बनाउन लागेको मन्त्री थापाले बताउनुभयाे ।‘यो विषय अरु विधयेक जस्तो होइन । धेरै जटिल पनि छ । जातिय सद्भाव
खलबलिन्छ की भन्ने त्यत्तिकै आशंका पनि थियो । र यसलाई हामीले अझै व्यापक रुपमा सरकोरवालासँग धेरैभन्दा धेरै छलफल गर्नुपर्छ भनेर जिल्लास्तरमै गयौं’, थापाले भन्छन्, ‘११ जिल्लाकै सरोकारवाला र विज्ञहरुसँग धेरै चरणमा छलफल परामर्श गरेका छौं । उत्कृष्ट ऐनको रुपमा ल्याउन पर्छ भनेर अहिले विधयेकको रुपमा मस्यौदा तयार गरेका छौं। ढिलो भन्दा पनि सर्वस्वीकार्य खालको विधेयक ल्याउनुपर्छ भन्ने हिसाबले गरेका छौं ।’सबै भाषालाई संरक्षणमा प्रदेश सरकार लाग्ने मन्त्री थापाले प्रतिबद्धता
जनाउनुभयाे ।

डा. विष्णु सिंजालीका अनुसार मगरहरुले आफ्नो भाषा संस्कृतिलाई बिर्सेको अवस्था छ । गुरुङको तुलनामा सुरक्षित प्राय भन्न मिल्ने उहाँ बताउँनुहुन्छ । सिंञ्जालीका अनुसार २० लाख भन्दा बढी मगरहरुको जनसंख्या छ । भाषा बोल्ने ९ लाख जति छन् । ‘करिब ५५ प्रतिशतले मगर भाषा बिर्सएको अवस्था छ । किन भयो भन्ने विषय ऐतिहासिक छ । आधुनिक नेपाल नबन्दै
म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, अर्घाखाँची, पश्चिम पाल्पामा सेक्टरवाइज हिमालदेखि तराईसम्मै भाषा बोल्न पाएनन् । यो राजनीतिक कारण थियो’, ‘उहाँले थप्नुभयाे, ‘दोस्रो, मगरहरु खानी खन्ने पेशामा थिए । खानी खन्ने मगरहरुले पनि भाषा बोल्न पाएनन् । त्यो अझ पछिसम्म पनि चल्यो । विशेष गरेर राणाकालमा चन्द्र शम्शेरले बन्द गरेपछि मात्रै नेपालको खानी बन्द भयो ।’
मगरहरुले प्रजातन्त्र आएपछि इतिहासबारे लेख्न थाले थिए । ‘पञ्चायत आएपछि रोकियो । बहुदल आएपछि अलि लेख्न थालियो । २०६२÷६३ को आन्दोलनपछि धेरै लेखिएको छ’, सिंञ्जालीले मगरबारे लेख्न थालेपछि संरक्षणको प्रयास भइरहेको बताउँनुहुन्छ ।
मगरहरुले पछिल्लो समय गुमाएको भाषा पढाउन प्रयासहरु गरिरहेको बताउनुभयाे। स्थानीय सरकार, प्रदेश र संघ सरकारले सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

‘मगरको भाषालाई जोगाउने हो भने विश्वविद्यालयमा प्रवेश नगरि हुदैन भन्ने तथ्य भेटिएपछि अहिले हामी विश्वविद्यालयमा प्रवेश गरेका छौं । यसका लागि हामीलाई ८÷१० वर्ष लागेको छ’, डा. सिंञ्जालीले बताउनुभयाे । मूलधारबाट गुमाएको पहिचानलाई जोगाउन आदीवासी विश्वविद्यालय बनाएर जानुपर्ने बताउनुभयाे । भाषालाई विकास गर्दै प्रयोगयोग्य बनाएर स्तरीकरण गर्नुपर्नेमा उहाँको जोड छ ।

गुरुङसँग सम्बन्धित संघसंस्थाले गुुरुङ भाषा संरक्षणमा योगदान दिनुपर्ने जुनाकुमारी गुरुङ बताउँनुहुन्छ । तमु समुदायले मनाउने ट्होंटे पर्व,ल्होसारले पनि भाषासँगै संस्कार संस्कृतिको संरक्षणमा भूमिका निर्वाहा गरेको बताउनुभयाे । ‘जति हुनुपर्ने हो त्यो भाषा संरक्षणका लागि त्यो गर्न सकिएन होला । तर, हाम्रो अभियान जारी नै छ । र जोगाउनका लागि लागिरहेका छौं’, उहाँले बताउनुभयाे । गण्डकी प्रदेश सरकारले कानुन बनाउन लागेकोमा उहाँले प्रंशसासमेत गर्नुभयाे ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...