‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको मुख्य क्षेत्र बन्दैछ’:-सुरेन्द्रप्रसाद पाण्डे

author

समाचारपाटी

२ years अगाडि

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । 
शनिवार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उहाँले बताउनु भयो । उहाँले सरकारले हेलचेक्राँई अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । उहाँले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताउनु भयो । यात्रामा पार्टीका कार्यकर्ता भन्दा नागरिकहरु स्वागतका लागि आएको भन्दै उहाँले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो । मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको मुख्य क्षेत्र बन्दैछ । विभिन्न विशेषतासहित मध्यपहाडी क्षेत्र उठ्ने कोशिस गरिरहेको छ, यो सकारात्मक कुरा हो । तर पछिल्लो समय जसरी मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट हाल्ने र छिटो सम्पन्न गर्ने र यहाँका मानिसको जीवनस्तर उठाउन गर्नुपर्ने प्रयासमा जुन किसिमको ध्यान दिनुपर्ने हो त्यो दिइरहेको पाइएको छैन । केही ठाउँमा त बजेट नै यसवर्ष तोकिएको पैसा नै खर्च गर्न निकासा भइरहेको छैन भन्नेकुरा छन् । सरकारले यसलाई, यो हेलचेक्राँईलाई अन्त्य गरी तुरुन्तै यो बाटो सम्पन्न गर्न पैसा निकासा गर्नुपर्छ । पश्चिमदेखि पूर्वसम्म पुग्दा एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएँ । अहिले जनताहरु धेरै स्वागतका लागि आएको पायौँ । त्यो सकारात्मक कुरा हो । यसलाई पार्टीले राजनीतिक रुपमा, सकारात्मक रुपमा त्यो विश्वासलाई राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ । मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको छ । बसाईंसराई रोक्न र यहाँकै विकासमा केन्द्रित हुन मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले विभिन्न विकास गर्नुपर्छ । बस्ती विकास, शहर, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्नसक्छ । ग्रामिण रोजगारी बढाउनुपर्छ, जसले यहाँको बसाईंसराई रोकिन्छ । सरकार र नेकपा एमालेले यसमा बढी ध्यान दिनुपर्छ ।’

उपाध्यक्ष पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने बताउनु भयो । पार्टीको स्थापना मितिले पार्टी बुढो नहुने उहाँको भनाइ थियो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन