fbpx

मधेसमा बाक्लो हुस्सु, दैनिक जनजीवन प्रभावित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । तराई मधेसमा बाक्लो हुस्सुसँगै चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित भएको छ । केही दिनयता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले विपन्न परिवार बढी प्रभावित भएको छ । यो महिनाको पहिलो हप्ता हुस्सु हटेर घाम लाग्न थाले पनि केही समययता फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ ।

दिनभरि जस्तो नै हुस्सु लाग्दा तराईमा चिसो बढेको छ । पश्चिम तराईका केही ठाउँमा दिउँसो घाम लाग्ने गरे पनि मध्य र पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ । मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभावका कारण तराईका जिल्लासहित देशभर नै चिसो हावा चलिरहेको छ ।

उहाँका अनुसार तराई मधेसका जिल्लामा अबको केही दिन पनि मौसम यस्तै रहने अनुमान छ । केही दिन अझै पश्चिमी वायुको प्रभाव नै रहने भएकाले मौसम खुल्ने र घाम लाग्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

बाक्लो हुस्सु लाग्न्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम मानिन्छ । यो अवधिमा हुस्सु कुहिरो लाग्नु र चिसो हावा चल्नुलाई सामान्य नै मान्नु पर्ने उहाँको भनाइ छ ।

तराई मधेस बाहेकका ठाउँमा भने भोलिदेखि मौसम सुधार हुने अनुमान छ । आज हिजो जस्तै पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । तर, तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर