मधेश प्रदेशमा बाढीमा परी ४ जनाको मृत्यु,३ जना बेपत्ता

author

समाचारपाटी

२ years अगाडि

महोत्तरी । अबिरल वर्षाका कारण मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ। साउन २२ गतेदेखि साउन २४ गतेसम्म परेको पानीले आएको बाढीमा परी ३ पुरुषसहित १ महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ का १७ वर्षीय अजय यादव र गणेशमान चारनाथ नगरपालिका–७ का ३० वर्षीया माया परियार छन्। 

त्यस्तै सर्लाही हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरी र रौतहट मौलापुर नगरपालिका–१ का ६५ वर्षीय सहिद राय भाट छन्। उनीहरूको विभिन्न नदीमा आएको बाढीका कारण मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। 

३ जना बेपत्ता

बाढीमा परी ३ जना बेपत्ता भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जाविर अन्सारी बेपत्ता हुनुभएकाे छ। अन्सारी लोहारपट्टी नगरपालिकास्थित रातुनदी पार गर्ने क्रममा बाढीले उहाँलाई बगाएको हो। 

त्यस्तै धनुषाको कमला खोलामा आएको बाढीले बगाउँदा गणेशमान चारनाथ नगरनाथ नगरपालिका–७ का ३५ वर्षीय सजन परियार बेपत्ता हुनुभएकाे हाे। पर्सा जिल्लास्थित सिर्सिया नदीमा आएको बाढीले बगाउँदा भारतीय नागरिक ३२ वर्षीय किशोर राउत कुर्मी बेपत्ता हुनुभयाे। बेपत्ताको प्रहरीले खोजी गरिररहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। 

यस अवधिमा बाढीको चपेटामा परेका २ सय ३३ जना प्रभावितमध्ये ८३ जनालाई प्रहरीको टोलीले उद्धार गरेको छ। पर्साको सिर्सिया नदी, रौतहटको लालबकैया, सर्लाहीको बागमती र महोत्तरीको रातुनदीमा आएको बाढीबाट उनीहरूलाई उद्धार गरिएको हो। 

बाढीले लाखौंको निर्माण सामग्री बगायो

बाराको जितपुर उपमहानगरपालिकास्थित दुधौरा खोलामा आएको बाढीले निर्माणाधीन सामग्री बगाएको छ। स्थानीय दुधौरा खोलामा पक्की पुल निर्माण गरिरहेको समयमा अचानक नदीमा आएको बाढीले २१ लाख ८७ हजार ५ सय रकम बराबरको निर्माण सामग्री बगाएको प्रहरी स्रोतले जनाएको छ। पूर्व–पश्चिम सडकखण्डमा रहेको दुधौरा नदीमा महादेव खिम्ति हिराचन जेभी कम्पनीले पक्की पुल निर्माण गरिरहेको प्रहरी स्रोतले जनाएको छ।

annapurnapost


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन