कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यकः माधवकुमार नेपाल

author

समाचारपाटी

१२ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।


बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गर्नुभयो । उहाँले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मदन भण्डारीका उत्तराधिकारी हामीले अब यो आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि अघि बढ्नुपर्छ । मदन भण्डारीले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ खालका चुनौतिहरु उल्लेख गरी भन्नुभयो, अहिले कम्युनिष्ट पार्टीहरुमाथि लागिरहेका आरोपहरु। कम्युनिष्ट पार्टीको भविष्यमाथि उठाइएका प्रश्नहरु र कम्युनिष्ट पार्टीलाई लोकप्रिय हुन नदिने खालका अनेकौँ किसिमका सोचहरु, कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्नुपर्छ । कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्नुपर्छ । कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो । लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो । यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दछ । यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झुटो आरोप मात्रै हो । यो कम्युनिष्ट आन्दोलन अघि बढाउन र जनताको विश्वासलाई अघि बढाउने काममा उहाँले महत्वपूर्ण भुमिका खेल्नुभएको छ । जनताको बहुदलीय जनवादको सान्दर्भिकता समाप्त भएको छैन ।’


अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन