fbpx

मन्त्रीहरुबाटै कानूनको कार्यान्वयन भएनः अध्यक्ष माधवप्रसाद रेग्मी

author

समाचारपाटी

१ महिना अगाडि

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गर्नुभएको छ ।


बुधवारको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो गुनासो गर्नुभएको हो । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको बताउनु भयो । उहाँले संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्नेमा प्रतिष्ठानका केही कानूनी व्यवधानले आउन नसकेको तर बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान भने आउनै नचाहेको बताउनु भयो । उहाँले आयोगले पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानूनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको बताउनु भयो । प्रतिष्ठानको विनियममा लोकसेवा आयोगका साथै स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयले समेत परामर्श दिइसकेको बताउनु भयो । संसदीय समितिले यस विषयमा गम्भीरपूर्वक लिनुपर्ने उहाँको माग छ । 

उहाँले भन्नुभयो, ‘संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्ने दुई वटा संस्था अहिलेसम्म आएका छैनन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान दुई वटा संस्था हाम्रो दायरामा आइरहेका छैनन् । न्याम्स कानूनमा भएका केही समस्याका कारणले आउन सकेको छैन । इमान्दारिपूर्वक उहाँहरु आउन खोजिरहनुभएको छ । तर बिपी धरानमा त्यसमा ऐन, कानूनमा भएको प्रावधान भन्दा पनि लोकसेवा आयोगको दायरामा भरसक आउन नपरोस्, आएपछि आफ्नो ढंगले लोकसेवा आयोगले सिस्टममा लग्छ भन्नेखालको कारणले हो वा के कारणले हो, उहाँहरु धेरै पटक सम्पर्क गर्दा पनि आउन सक्नुभएको छैन । उहाँहरुको विनियममा लोकसेवा आयोगले परामर्श दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले परामर्श दिइसकेको छ । अर्थ मन्त्रालयले पनि परामर्श दिइसकेको छ । अब त्यो विनियम सिनेटमा लगेर एडप्ट गर्नुपर्नेमा सिनेट पटक पटक बस्यो । त्यो एजेण्डामै जाँदैन । यो कुरामा मान्य सदस्यहरुज्युहरुले पनि गम्भीरतापूर्वक लिनुप¥यो । मैले सुनेअनुसार मासिक १० करोड आम्दानी छ, २० करोड रुपैयाँ खर्च भइरहेको छ भन्ने छ ।’


अध्यक्ष रेग्मीले विकृति, विसंगति अन्त्य गर्न सरकारका मन्त्रीहरुले इमान्दार भएर ऐन कार्यान्वयन गर्न आग्रह गर्नुभयो । सांसदहरुले नै ऐन, कानून बनाउने तर आफै सरकारमा गएको बेला कार्यान्वयन नहुने गरेको गुनासो गर्नुभयो । उहाँले सांसदहरुले कानून बनाउने तर त्यही सांसद मन्त्री बनेपछि कार्यान्वयन गर्न आनाकानी गर्ने गरेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो । इमान्दारितपूर्वक ऐन, कानून कार्यान्वयन गर्नसके समस्या नरहेको बताउनु भयो । कार्यान्वयन गर्ने सम्बन्धमा लोक सेवा आयोगको तर्फबाट र ऐन, कानूनमा समस्या नरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो विकृति, विसंगति अन्त्य गर्ने ऐन, कानून बनाउने मान्य सदस्यज्युहरु नै हो । संसद नै हो । त्यसलाई कार्यान्वयन गर्ने मान्य मन्त्रीज्युहरु नै हो । जे समस्याहरु छ त्यसको गहिराईमै गएर ऐन, कानून बनाइदिनुपर्यो, मान्य सदस्यज्युहरुले । मान्य मन्त्रीज्युले ऐनको लेटर र स्पिडअनुसार इमान्दारितपूर्वक ऐन, कानून कार्यान्वयन गरिदिनुपर्यो । त्यसो भयो भने केही समस्या रहँदैनन् । त्यहाँ मैले समस्या देखेको छु । कार्यान्वयन गर्ने सम्बन्धमा लोक सेवा आयोगको तर्फबाट र ऐन, कानूनमा खासै समस्या छैन । कार्यान्वयन सम्बन्धमा के कारणले भएका छैनन्, त्यो सुधार तपाईंहरुले नै गर्नुपर्यो ।’


आयोगले आगामी दिनमा राष्ट्रिय परिचयपत्र, निजामति कितावखाना र लोकसेवा आायोगको अनलाइन प्रणालीबीच अन्तरआवद्धता गर्ने रणनीति बनाएको पनि अध्यक्ष रेग्मीले बताउनु भयो । । आयोगले सेवा समूह गठनसम्बन्धी कानूनहरु अध्यावधिक र परिमार्जन गर्न, नवनियुक्त कर्मचारीको अभिमुखीकरण गर्न, बढुवाको उम्मेदवारी शर्त परिमार्जन गर्न, भौगोलिक क्षेत्रको अनुभवका शर्त परिमार्जन गर्न, शैक्षिक सेवामा अनुभव,समावेशी पदपूर्ति नीतिमा सुधार र पुनरावलोकन गर्न र शैक्षिक योग्यतासम्बन्धी व्यवस्थामा सुधार गर्न सरकारलाई सुझाव दिएको छ ।

—न्युज एजेन्सी नेपाल
 
 


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक