काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
आज दिउँसो २ बजेतिर शंखमुलमा रहेको एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उहाँ घाइते हुनुभएको थियो । रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उहाँ भुइँमा खस्नु भएको थियो ।
उहाँलाई सुरुमा नयाँबानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुनुहुन्छ । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका २ छोरी अमेरिकामा हुनुहुन्छ ।