‘निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने डर लाग्न थालेको छ’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ । अध्यक्ष नेपालले निजगढ विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेस गरेको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा। प्रकाशशरण महतप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

मङ्गलवार सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उहाँले निगजढ विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको हो कि भनेर प्रश्नसमेत गर्नुभयो । देशको गेम चेन्जरु कार्यक्रमको रूपमा रहेको यो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शङ्का पनि, डर पनि लाग्न थालेको छ । पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौँ भनेर यो समितिले त्यहाँको अध्ययन गरेर बाधा, अवरोधहरूलाई पन्छाएर निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो । अस्ति हाम्रो अर्थमन्त्रीजीले पेस गरेको कुरामा अनेक कुराहरू चर्चा गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई प्राथमिकताका साथ नाम उल्लेख गरेर अगाडि सारिएको छैन । अब यो महत्त्व नबुझेर हो कि, महत्त्व बुझाउनका तथ्य, तथ्याङ्क, प्रमाण, विश्लेषणसमेत पेस गर्नुपर्ने हो कि रु थाहा भएन ।’


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.३५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन